शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकी नियोगकी प्रमुख सामन्थाले हस्तान्तरण गरिन् विद्यालय भवन

अमेरिकी नियोगकी प्रमुख सामन्थाले हस्तान्तरण गरिन् विद्यालय भवन

मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरेकी छन्।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावरले मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरेकी छन्। विद्यालयमा आज आयोजित कार्यक्रममा उनले सो भवन हस्तान्तरण गरेकी हुन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिका–२ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठका अनुसार युएसएआइडीको २२ करोड सहयोगबाट उक्त भवन निर्माण गरिएको हो। विसं २०७२ को भूकम्पबाट  क्षतिग्रस्त भवन पुनःनिर्माण गर्न र स्थानीय समुदायसँग साझेदारी कार्यक्रममार्फत विद्यालयलाई सहयोग गरिएको हो।

प्रमुख पावरले शिक्षा र सामाजिक क्षेत्रमा थप सहयोग गर्नेबारे चासो लिएकी अध्यक्ष श्रेष्ठले बताए। सो अवसरमा पावरले विद्यालयका छात्राहरुसँग बास्केटबलसमेत खेलेकी थिइन्। विद्यार्थीसँग अन्तर्क्रिया गर्दै उनले उनीहरूको भविष्यका योजना र लक्ष्यबारेका विचार सुनेकी थिइन्।


प्रकाशित: Feb 07, 2023| 19:56 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।