शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • समाज
  • गोर्खा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारलाई सर्वोच्चको आदेश

गोर्खा भर्ती सम्झौता पुनरावलोकन गर्न सरकारलाई सर्वोच्चको आदेश

मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले नेपाल सरकारका नाममा यस्तो आदेश दिएको हो।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

National life insurance
worldlink

काठमाडौं- गोर्खा भर्ती सम्झौता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटका सम्बन्धमा सर्वोच्च अदालतले उक्त सम्झौता पुनरावलोकन गर्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।

मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले नेपाल सरकारका नाममा यस्तो आदेश दिएको हो।

सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय भर्ती सम्झौता खारेज गर्न माग गर्दै ब्रिटिश गोर्खा भूतपूर्व संगठन (बीगेसो)का अध्यक्ष पदम लिम्बूले २०७४ जेठ २६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त सम्झौता असमान भएको भन्दै खारेज गर्नुपर्ने लिम्बूको माग थियो।


प्रकाशित: Feb 07, 2023| 06:04. 23 मंगलबार, माघ २४, २०७९

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।