मंगलबार, वैशाख १५, २०८३

पशुको बाँझोपन परीक्षण गर्न एक्स-रे सेवा

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा यो सेवा सुरु गरेको हो।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

गुल्मी- गुल्मी भिडियो एक्स–रेबाट पशुको बाँझोपनको समस्या र गर्भ परीक्षण गर्न सुरु गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा यो सेवा सुरु गरेको हो। 

National life

कार्यालयका प्राविधिकले किसानको गोठगोठमै पुगेर सेवा सुरु गरेपछि यहाँका पशुपालक किसान खुसी भएका छन्। बाँझोपनको पहिचान र उपचार नहुँदा लामो समयसम्म किसानले गोठमा त्यत्तिकै थारो पशुचौपाया पाल्नुपर्ने बाध्यता थियो। 

कार्यालयले एक्स–रे ल्याएसँगै इस्मा गाउँपालिका–६ का कृषक कृष्ण घिमिरेले केन्द्रले नयाँ सेवा प्रवाहसँगै उपचारमा नयाँ प्रविधि भित्रिएकामा खुसी व्यक्त गरे। घिमिरेले आफूले पनि त्यसै प्रविधिमार्फत आफ्ना गाईको बाँझोपनाको समस्या पहिचान गर्न सजिलो भएको बताए। उनले अन्य किसानहरुलाई पनि नयाँ प्रविधिको प्रयोग गर्न सुझाव दिएका छन्। 

विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले लुम्बिनी प्रदेशमै यो उदाहरणीय काम भएको बताए। प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सिफारिसमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले विज्ञ केन्द्रलाई भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको हो।

बाँझोपनका कारण किसानहरुले त्यसको उपचारमा विकल्प नहुँदा पशुहरुको गर्भ पहिचान गर्न अहिलेसम्म हातैले छामेर गर्नुपर्ने बाध्यता थियो। कार्यालयमा एक्स–रे मेसिन आएसँगै बाँझोपन निवारणका लागि पालिकाका प्राविधिकमार्फत तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ।     

kumari

जिल्लामा गत सातादेखि भिडियो एक्स–रे सेवा सुरु भएको हो। कार्यालयले यो सेवा जिल्लाका सबै पालिकाहरुमा पुर्याउने जनाएको छ।

प्रकाशित: Feb 07, 2023| 20:00 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।