आइतबार, जेठ २१, २०८०

सेयर बजारमा उछाल, ह्वात्तै बढ्यो माग

सोमबार राष्ट्र बैंकले अर्थतन्त्र लयमा फर्किन थालेको तथ्यांक सार्वजनिक गरेपछि सेयर बजारले पनि गति लिएको हो। बजारमा माग ह्वात्तै बढेको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- सेयर बजारमा मंगलबार उछाल आएको छ। आज बजार ७६.६४ अंकले बढेको छ।

Everest Bank

सोमबार राष्ट्र बैंकले अर्थतन्त्र लयमा फर्किन थालेको तथ्यांक सार्वजनिक गरेपछि सेयर बजारले पनि गति लिएको हो। बजारमा माग ह्वात्तै बढेको छ। 

सोमबार राष्ट्र बैंकले अर्थतन्त्रका समस्टिगत सूचकांक प्रगतिउन्मुख रहेको प्रतिवेदन प्रकाशन गरेको थियो। यसले लगानी प्रोत्साहन गर्ने हुँदा बजारमा माग उच्च देखिएको छ। परिसूचकले एकैदिन ठूलो छलाङ मारेर २१ सय ७७ अंक कायम भएको छ। यस दिन नेप्से ३.६५ प्रतिशतले बढेको छ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन अर्थात् सोमबार १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६६५ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ पुगेको छ।

मंगलबार २६० वटा धितोपत्रको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच भएको हो। चार वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत कम्पनी र आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। 

Metro Mart
worldlink

सर्वाधिक मूल्य घट्नेमा १२.५% आइसिएफसी फाइनान्स डिवेञ्चर २०८३ रहेको छ। उक्त डिवेञ्चरको मूल्य ५.९० प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य एक हजार १२ रुपैयाँ २० पैसामा झरेको छ।

एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ८३५ रुपैयाँमा १२ करोड ९२ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८५ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको ३१४ रुपैयाँ ४० पैसामा ११ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। लगानी समूहको परिसूचक सर्वाधिक ६.२५ प्रतिशतले बढेको छ। 

त्यस्तै, वित्त समूहको परिसूचक ५.९४ प्रतिशत, जलविद्युत समूहको परिसूचक ५.३३ प्रतिशत र विकास बैंक समूहको परिसूचक ५.९६ प्रतिशतले बढेको हो।

प्रकाशित: Feb 07, 2023| 03:40. 53 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्