शनिबार, चैत ११, २०७९

चिकित्सक संघको मतगणना जारी, कार्कीको अग्रता कायमै

अध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणानामा सुरुवातीदेखि नै अग्रता लिइरहेका डा. अनिलविक्रम कार्कीको अग्रता कायमै छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ। मंगलबार बिहानसम्म राजधानीबाहिरको मतगणना सकिँदा ४ हजार ३०० मतगणना भएको छ।

National life insurance

अध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणानामा सुरुवातीदेखि नै अग्रता लिइरहेका डा. अनिलविक्रम कार्कीको अग्रता कायमै छ।

उनले २ हजार ४१३ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका डा. सन्तोष पौडेलले १ हजार ५९८ मत ल्याएका छन्।

यसैगरी अध्यक्षका अर्का प्रत्यासी डा. शिवजी विक्रम सिलवालले १८३ मत ल्याएका छन्। महासचिवमा डा. संजीव तिवारी १ हजार ९२८ मतका साथ अग्र स्थानमा छन् भने डा. अमृत भुसाल १ हजार ०८१ मतका साथ दोस्रो स्थानमा छन्। डा. रक्षा श्रेष्ठले भने १ हजार ०४४ मत ल्याएकी छन्। 

मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह २हजार ०८८ मतका साथ अग्र स्थानमा छन् । उनलाई पछ्याइरहेका डा. महेश महासेठले १ हजार ०८३  र डा. अजयकुमार मिश्रले ७८० मत ल्याएका छन् । बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले २ हजार ३३३ मतका साथ अग्रता बनाइरहेका छन् उनलाई डा. संजय ठाकुरले १ हजार ६०१ मतका साथ पछ्याइरहेका छन्।

worldlink

गण्डकी प्रदेशमा डा. राजन शर्माले २ हजार ३१७ मतका साथ अग्रता हासिल गरिरहेका छन् भने उनलाई डा. विकास गौचन १ हजार ५७९ मतका साथ पछ्याइरहेका छन्। यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रकान्त भट्ट २ हजार २८२ मतका साथ अग्र स्थानमा छन् भने उनलाई डा. निरज अर्याल १ हजार ५८९ मतका साथ पछ्याइरहेका छन्।


प्रकाशित: Feb 07, 2023| 12:44. 08 मंगलबार, माघ २४, २०७९

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।