शुक्रबार, मंसिर ५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • टर्की-सिरिया भूकम्पमा मर्नेको संख्या ४३ सय नाघ्यो, उद्धार जारी

टर्की-सिरिया भूकम्पमा मर्नेको संख्या ४३ सय नाघ्यो, उद्धार जारी

ठूला भवनको भग्नावशेषमुनि अझै पनि मानिसहरूको खोजी भइरहेको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं-  टर्की र सिरियामा सोमबार ३ पटक गएको भूकम्पका कारण दुवै देशका धेरै सहर ध्वस्त भएका छन्। २४ घण्टा बितिसक्दा पनि त्यहाँ शव निकाल्ने क्रम जारी रहेको समाचार एजेन्सीहरुले जनाएका छन्। 

National life

ठूला भवनको भग्नावशेषमुनि अझै पनि मानिसहरूको खोजी भइरहेको छ। 

टर्कीमा एक महिलालाई २२ घण्टापछि जिउँदै उद्धार गरिएको बताइएको छ। उद्धार टोलीले ती महिलालाई अचेत अवस्थामा फेला पारेको थियो।

सिरियाको एलेप्पोमा भवनको छाना काटेर मानिसहरुलाई बाहिर निकालिएको छ। दुवै देशमा यस्ता दृश्यहरू देखिएका छन्। बीबीसीका अनुसार दुवै देशमा गरी हालसम्म ४३ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

हजारौं मानिस अझै पनि भग्नावशेषमुनि दबिएका हुन सक्ने सञ्चारमाध्यमले जनाएका छन्। टर्कीमा २ हजार ९२१ जनाको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी घाइते भएका छन्। सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 07, 2023| 12:32 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।