शुक्रबार, वैशाख ४, २०८३

किसानलाई सधैं मलको पिरलो

'खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन। मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ,' इन्द्रावती–१२ का अबिन्द्र दनुवारले दुखेसो पोखे। उनीजस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान एका छन्।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ। खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन्। 

National life

'खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन। मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ,' इन्द्रावती–१२ का अबिन्द्र दनुवारले दुखेसो पोखे। उनीजस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान एका छन्। 

मल नहाली धान उत्पादन नहुने हुनाले किसान खेती लगाउने कि नलगाउने दोधारमा पर्न थालेका छन्। यतिबेला किसानलाई गहुँ र तोरी तथा अन्य हिउँदे बालीका लागि ठूलो परिमाणमा युरिया मल आवश्यक छ। 

किसानले समयमै मल, बीउबिजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था छ। खेतीको समयमा मल तथा बीउ अभाव सामान्य भइसकेको छ। 

'दिनभरि लाइनमा बस्यो अन्तिममा दुई–चार किलो मात्रै मल पाइन्छ। हामीलाई दुईदेखि चार बोरा मल चाहिएको छ,' इन्द्रावती–११ का उज्जर माझीले भने, 'त्यति मल त करेसाबारीको सागलाई मात्रै पुग्छ।' हिउँदमा आलु, गहुँ, तोरी तथा जौलगायत खेती गर्ने समयमा सधैभरी मल अभाव हुने गरेको उनको गुनासो छ। 

kumari

मल किन्न बिहानैदेखि सहकारी संस्था कुरेर बस्नुपर्ने किसानको दैनिकी नै बनेको छ। यसरी किसानले समयमै मल र बीउ नपाउने समस्या नयाँ होइन। यो समस्या हरेक वर्ष देखिँदै आएको छ। तर सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिँदा किसान मारमा परेका छन्। खेतीबारीमा व्यस्त हुने किसान दिनभर मलको खोजीमा भौँतारिरहेका भेटिन्छन्।

'यो वर्ष जसोतसो गरेर गहुँ छरियो । तर मल छैन। मल हाल्ने समय पनि बितिसक्यो । धेरै दिन खोज्न पनि गइयो तर पाइएन,' मेलम्ची–१० का खिलप्रसाद दाहालले भने। 

प्रकाशित: Feb 07, 2023| 12:11 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्