मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छुट्टाछुट्टै स्थानमा लडेर पाँचथरमा दुई जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा लडेर पाँचथरमा दुई जनाको मृत्यु

भीर र रुखबाट लड्दा सोमबार साँझ पाँचथरको फिदिमका दुई जनाको मृत्यु भएको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

National life
kumari

पाँचथर- भीर र रुखबाट लड्दा सोमबार साँझ पाँचथरको फिदिमका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फिदिम–१३ लुङरुपाका ३८ वर्षीय मनोज नेम्वाङ  (सोम) र कुम्मायक ३ का ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फे छन्।

उनीहरूमध्ये नेम्वाङको भीर र सम्बाहाम्फेको रुखबाट लडेर ज्यान गएको हो। नेम्वाङ फिदिम ७ को नाङलापा भन्ने स्थानमा भीरबाट लडेका थिए। त्यस्तै सम्बाहाम्फेको घाँस काट्ने क्रममा फिदिम-५ मा रुखबाट लडेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। रुखबाट झर्दा गम्भीर घाइते भएका सम्बाहाम्फेको उपचारका लागि पाँचथर अस्पताल फिदिम ल्याउने क्रममा निधन भएको हो।

कुम्मायक गाउँपालिका ३ रानिगाउँ घर भएका सम्बाहाम्फे फिदिम-५ का रामकुमार तुम्बापोको घरमा कामदारका रुपमा बस्दै आएका थिए।उनीहरूलाई पोस्टमार्टमका लागि पाँचथर अस्पताल ल्याएर मंगलबार आफन्तलाई बुझाइएको पनि प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 07, 2023| 10:49 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।