मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकाका विभिन्न स्थानमा देखियो बर्डफ्लू

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा देखियो बर्डफ्लू

काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू पुष्टि भएको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू पुष्टि भएको छ। ललितपुरको खुमलटार, नागर्जुन-६ रामकोट, तार्केश्वर-७ संगालछापमा बर्डफ्लू देखिएको हो। पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बर्डफ्लू देखिएको पुष्टि बताएका छन्।

National life

गत शुक्रबार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो। अनुसन्धान प्रायोजनका लागि पालिएका टर्की र अरु चरा मर्न थालेपछि त्यसको नमूना परीक्षणका लागि पठाउँदा बर्डफ्लू पुष्टि भएको थियो।

बर्डफ्लू देखिएसँगै कुखुरा र अन्डा तथा दाना नष्ट गर्ने काम भइरहेको छ। रामकोटमा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ। 

त्यसैगरी, तार्केश्वरमा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ। ललितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ।

प्रकाशित: Feb 07, 2023| 10:03 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।