मंगलबार, असार ३०, २०८३

चरनमा छाडिएको गोरु खुट्टा काटिएको अवस्थामा फेला

खोटाङमा अज्ञात व्यक्तिले चरनमा छाडिएका हल गोरुको खुट्टा काटिदिएका छन्।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

खोटाङ- खोटाङमा अज्ञात व्यक्तिले चरनमा छाडिएका हल गोरुको खुट्टा काटिदिएका छन्। खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे फोक्सिङटारका सुर्य माझीको हल गोरुको खुट्टा काटिएको हो। धारिलो हतियार प्रयोग गरेर खुट्टा काटिएका गोरु हिँड्न नसक्ने अवस्थामा फेला परेको स्थानीय कर्णसेर राईले बताए।

माझीले चरनका लागि हल गोरु छाडेका थिए। पहाडी क्षेत्रमा हिँउदको समयमा गाईवस्तु चरिचरनका लागि खुला छाड्ने प्रचलन छ। तर माझीले चरनमा छाडेको गोरु खुट्टाका विभिन्न ठाउँमा काटिएको घाइते अवस्थामा फेला परेको हो।

हिउँदे तरकारी बाली खाइदिएपछि स्थानीयले गोरुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाएको अनुमान गरिएको छ। 

प्रकाशित: Feb 07, 2023| 09:08 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।