शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • समाज
  • हत्यापछि श्रीमती ढलेर मरिन् भन्दै प्रहरीकोमा पुगेपछि...

हत्यापछि श्रीमती ढलेर मरिन् भन्दै प्रहरीकोमा पुगेपछि...

श्रीमतीको हत्या आरोपमा रोल्पाको लुङ्ग्री गाउँपालिका ६ का ४९ वर्षीय कीर्तिमान बुढाथोकी पक्राउ परेका छन्। ४४ वर्षीया श्रीमती गोबिनाको हत्या गरेको आरोपमा कीर्तिमान पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले दाङले जनाएको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

दाङ- श्रीमतीको हत्या आरोपमा रोल्पाको लुङ्ग्री गाउँपालिका ६ का ४९ वर्षीय कीर्तिमान बुढाथोकी पक्राउ परेका छन्। ४४ वर्षीया श्रीमती गोबिनाको हत्या गरेको आरोपमा कीर्तिमान पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले दाङले जनाएको छ।

National life insurance

आज समबार बिहान दाङको घोराही उपमहानगरपालिका १९ को मलार खोलामा गोबिनाको शव भेटिएको थियो। बिहान ७ बजेतिर कीर्तिमान आफैँ जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर श्रीमती पहिलेदेखि नै मुटु रोगको बिरामी रहेको र आफूहरू पैदल हिँड्ने क्रममा ढलेर ज्यान गएको बयान दिएका थिए। उनको सूचनाको आधारमा प्रहरी घटनास्थल पुगेको थियो। मृतकको टाउकोमा चोट देखेपछि प्रहरीले हत्या भएको हुन सक्ने आशङ्का गर्दै अनुसन्धान अगाडि बढाएको थियो।

सोधपुछका क्रममा कीर्तिमानले श्रीमतीलाई ढुङ्गाले हानेर हत्या गरेको स्वीकार गरेका जिल्ला प्रहरी दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए। बुढाथोकीका श्रीमान्–श्रीमती घोराही १९ दुईखोली क्षेत्रमा एउटा खाली गोठमा बस्दै आएका थिए। श्रीमान्–श्रीमतीले सडकमा सँगै काम गर्दै आएका थिए।

आइतबार बेलुका साढे ७ बजेतिर काम गरी पैदल हिँड्दै बास बस्ने ठाउँतर्फ जाँदै गर्दा दुवैले बाटोमा रक्सी खाएका प्रहरीले बताएको छ। रक्सी खाएपछि भनाभन भएको र त्यही क्रममा खोलामा श्रीमान‍्ले श्रीमतीको टाउकोमा ढुङ्गा प्रहार गरेपछि ज्यान गएको खुलेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Feb 07, 2023| 07:51. 13 मंगलबार, माघ २४, २०७९

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।