सोमबार, वैशाख ७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • टर्कीमा भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय नाघ्यो

टर्कीमा भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय नाघ्यो

टर्कीमा सोमबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय नाघेको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- टर्कीमा सोमबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय नाघेको छ। अहिलेसम्म प्राप्त विवरण अनुसार टर्कीमा २ हजार ३ सय जना र सिरियामा १ हजार ४ सय ४४ जना गरी ३ हजार ७ सय ४४ जनाको ज्यान गएको पुष्टि भइसकेको रोयटर्सले जनाएको छ।

National life

टर्कीमा मात्रै १४ हजारभन्दा धेरै घाइतेको उपचार भइरहेको र सिरियामा पनि कयौँ घाइते भएका बीबीसीले जनाएको छ। टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पपछि कयौँ परकम्प गइरहेका छन्। रातभर पनि खोजी तथा उद्धारको कार्य जारी रहेको थियो। भूकम्पका कारण लाखौँ मानिस घरवारविहीन भएका छन्। विस्थापितलाई कठ्याङ्ग्रिँदो चिसोले समस्या थपेको छ।

अहिले धेरैले उद्धार विशेषज्ञ, डाक्टर, उपकरण र विशेष तालिम प्राप्त कुकुरहरू पठाइरहेका छन्। युरोपेली संघ, बेलायत, फ्रान्स, रुमेनिया, जर्मनी, हङ्गेरी, ग्रिस लगायतका देशबाट उद्धारटोली पुग्ने क्रम सुरु भएको छ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विट गरेर आवश्यकता अनुसार सक्दो सहयोग उपलब्ध गराउन आफ्ना निकायलाई निर्देशन दिएको र आपत्कालीन विभागबाट सहयोग परिचालन सुरु भइसकेको जानकारी दिएका छन्।

kumari

प्रकाशित: Feb 07, 2023| 07:32 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।