मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सौन्दर्य प्रतियोगिताको नाममा यौन शोषण गर्ने पाण्डेलाई सात वर्ष कैद

सौन्दर्य प्रतियोगिताको नाममा यौन शोषण गर्ने पाण्डेलाई सात वर्ष कैद

मानव बेचविखनविरुद्धको कसुरमा जैसीलाई सात वर्ष कैद र ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने र एक हजार तीन सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोजकुमार जैसी (मनोज पाण्डे) लाई जिल्ला अदालत काठमाडौंले सात वर्ष कैद सजाय सुनाएको छ।  न्यायाधीश दीपक ढकालको इजलासले माघ १० गते नै जैसीलाई दोषी ठहर गरे पनि आज सोमबार सजाय तोकेको हो। 

National life

बलात्कारको अभियोगमा हदम्याद गुज्रिएपछि जैसीलाई बाल यौन दुरुपयोग र मानव बेचविखन विरुद्धको कसुर लगाइएको थियो। मानव बेचविखनविरुद्धको कसुरमा जैसीलाई सात वर्ष कैद र ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने र एक हजार तीन सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ।

जैसी ‘मिस ग्लोबल इन्टरनेसनल’ नामक सौन्दर्य प्रतियोगिताका आयोजक हुन्। सन् २०१४ को सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीलाई ‘सक्सेस पार्टी’ दिने भन्दै जैसीले नयाँ बानेश्वरको एभरेस्ट होटलमा बोलाएर बलात्कार गरेको अभियोग लागेको थियो। त्यतिखेर आफू नाबालिग नै भएको र त्यस घटनापछि विक्षिप्त भएको भन्दै गत जेठमा ती किशोरीले टिकटकमा २२ वटा भिडियो क्लिप सार्वजनिक गरेकी थिइन्।

भिडियो सार्वजनिक भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई भेटेर जाहेरी दिन भनेको थियो। त्यसपछि जैसी अनुसन्धानमा तानिएर पक्राउ परेका थिए। आठ वर्षअघिको घटना भएकाले बलात्कार अभियोगमा भने प्रहरीले  मुद्दा चलाउन सकेन।

मुलुकी अपराध संहिताअनुसार बलात्कार कसुरमा घटना भएको एक वर्षभित्र उजुरी दिनुपर्ने व्यवस्था छ। मानव बेचबिखनमा हदम्यादको व्यवस्था छैन।

kumari

प्रहरीले जैसीलाई गत जेठ ७ गते पक्राउ गरेको थियो। उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्। जिल्ला अदालतको फैसलासँगै उनले सात वर्ष कैद भोग्नुपर्नेछ।


प्रकाशित: Feb 06, 2023| 17:35 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।