बिहीबार, असार १९, २०८२

नयाँ वर्षमा चार फिल्म धान्ला बजारले?

आउँदो नयाँ वर्षमा पनि चार फिल्मले प्रदर्शनको मिति तय गरेका छन्। ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ ले प्रदर्शनको मिति घोषणा गर्दा नेपाली बजारले धान्ने या नधान्ने बहस सुरू भएको छ।
 |  सोमबार, माघ २३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

vianetvianet

नेपाली फिल्म प्रदर्शनका लागि नयाँ वर्ष राम्रो मानिन्छ। यो समयमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गर्ने गरेका छन्। 

यही कारण यो मितिमा प्रदर्शनको सङ्ख्या धेरै हुने गर्छ। आउँदो नयाँ वर्षमा पनि चार फिल्मले प्रदर्शनको मिति तय गरेका छन्। ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ ले प्रदर्शनको मिति घोषणा गर्दा नेपाली बजारले धान्ने या नधान्ने बहस सुरू भएको छ। 

वितरक करण श्रेष्ठ भन्छन्, 'नयाँ वर्ष नेपाली फिल्मका लागि शुभ भए पनि भीडभाडले राम्रो संकेत गरेको छैन। एकआपसमा भिड्नु राम्रो होइन। सरोकारवाला संस्थाले यहाँ भूमिका खेल्नु आवश्यक छ। दर्शकको आकर्षणमा परे अन्य समयमा पनि ऐतिहासिक व्यापार फिल्मले गरेका छन्। उदाहरणका रूपमा कबड्डी ३ र ४ लाई लिन सकिन्छ।' 

वितरक श्रेष्ठले भनेझैँ कबड्डीको तेस्रो शृङ्खला सोह्र श्राद्धमा र चौथो शृङ्खला जेठमा प्रदर्शन भएका थिए। विगत केही वर्ष अगाडि फर्किने हो भने तीज, दसैँ, तिहारसमेतमा राम्रो व्यवसाय गरेको पाइन्छ। 'अन्य समय फिल्म नचलेको भएकाले पनि निर्माता निर्देशकले नयाँ वर्षमा फिल्म थुपारेका हुन्,' फिल्म निर्माता, प्रदर्शक छविराज ओझाले भने।

नयाँ वर्षमा दर्शक मनोरञ्जन खोज्दै हलसम्म पुग्छन् भन्ने विश्वास निर्माता, निर्देशकमा देखिन्छ। वितरक तथा प्रदर्शक गोपाल कायस्थ प्रदर्शनको मितिभन्दा पनि कन्टेन्टमा ध्यान दिन निर्माता तथा निर्देशकलाई सल्लाह दिन्छन्। 'दर्शक हलसम्म आउने मिति मात्र नभई हलसम्म तान्ने फिल्म बनाउन सक्नुपर्छ,' वितरक कायस्थले भने।

नयाँ वर्षमा प्रदर्शन तय भएको फिल्म ‘बिहे पास’ का निर्मातासँगै वितरकसमेत रहेका रोहित कट्टेलले खाली मितिमा प्रदर्शन घोषणा गरिएको बताए। 'मैले कसैसँग भिडन्त गरेको होइन। खाली मितिमा अहिले चार फिल्म घोषणा भइसकेको छ। यसले राम्रो नतिजा दिँदैन,' उनले भने।


प्रकाशित: Feb 06, 2023| 19:00 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।