मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पताल पुर्‍याउनै समस्या

एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पताल पुर्‍याउनै समस्या

एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पुर्‍याउन समस्या हुन थालेको छ। सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पुर्‍याउन समस्या हुन थालेको छ।  सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो। अस्पतालका प्रमुख डाक्टर शंकरराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिन थालेपछि समस्या भएको बताए। 

National life

‘हाडजोर्नी सम्बन्धी समस्या भएका र अक्सिजन लगाएर रिफर गर्नुपर्ने बिरामी दैनिक दुई–तीन जना हुन्छन,’ उनले भने, ‘हामीसँग भएको पाँच वर्ष पुरानो एक मात्र एम्बुलेन्स पनि बिग्रिएर दुःख दिन थालेको छ।’ 

पछिल्लो दुई महिनामा एम्बुलेन्स मर्मतमा मात्र एक लाख पचास हजार भन्दा बढी खर्च भएको डा लामिछानेले बताए। बेनी अस्पतालले बागलुङ, पोखरा, काठमाडौ, चितवन लगायतका अस्पतालमा रिफर गर्ने बिरामीलाई त्यहाँ पुग्ने सवारी साधन पाउन कठिन हुन थालेको छ। 

आकस्मिक, अक्सिजन लगाउनुपर्ने र हाडजोर्नी बाहेकको समस्या भएका बिरामीहरु ट्याक्सी चढेर अस्पताल जाने गर्छन्। अस्पतालको एम्बुलेन्स बेनी बाहिर गएको र बिरामी धेरै भएको अवस्थामा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको एम्बुलेन्स बोलाउने गरिएको छ। 

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गरिएको बताए। लायन्स क्लव, भारतीय दुतावास लगायत दातासँग पनि एम्बुलेन्स उपलब्ध गराउन प्रस्ताव गरिएको सुवेदीले बताए। 

kumari

म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले नेपाल रेडक्रस सोसाइटीको जिल्ला र भुरुङ्ग तातोपानी उपशाखालाई आठ वर्षअघि उपलब्ध गराएको दुई वटा एम्बुलेन्स बिग्रिएपछि दुई वर्षदेखि बेनी अस्पताल परिसरमा थन्किएका छन्। दरवाङ उपशाखालाई मोनाले दिएको एम्बुलेन्स पनि मालिका गाउँपालिकाको कार्यालय अगाडी थन्काएर राखिएको छ। 

धवलागिरी, अन्नपूर्ण गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको एक/एक एम्बुलेन्स ग्रामीण क्षेत्रका बिरामीलाई सदरमुकाम बेनी ल्याउन व्यस्त हुन्छन्। धवलागिरी गाउँपालिकाले गत वर्ष एम्बुलेन्स सञ्चालन गरेको थियो। रेडक्रस र अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स विसं २०७५ मा भारतीय दुतावासले प्रदान गरेको हो।

मोना यूकेले विसं २०७१ मा उपलब्ध गराएको तीन  एम्बुलेन्स मर्मत र सञ्चालनका लागि १० लाख ८० हजार २८० को एम्बुलेन्स सेवा अक्षय कोष स्थापना गरेको थियो। गी्रन बैंकको बेनी शाखामा रहेको अक्षयकोषको ब्याजबाट एम्बुलेन्सको बिमा शूल्क तिर्ने गरिएको  रेडक्रस सोसाइटी म्याग्दीले जनाएको छ।

प्रकाशित: Feb 06, 2023| 06:47 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।