मंगलबार, चैत १४, २०७९

'पाँच वर्ष भयो, कति सास्ती खेप्ने'

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ। धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै। खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

तुलसीपुर- तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ। धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै। खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ। ‘घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ’, उनले भने, ‘धुलोले नानी वावुहरुका आँखा रसाउछनु, छाति दुख्ने समस्या हुन्छ।’

National life insurance

घोराही–तुलसीपुर चारलेन निर्माण जारी रहँदा सो क्षेत्रमा धुलोले समस्या बनाएको छ।  सोही ठाउँकै मुना पोख्रेललाई पनि त्यस्तै समस्याले सताउने गरेको छ। काम गर्ने क्रममा नाक मुखमा धुलो पस्ने, घर वरिपरि धुलै धुलो हुने, विहान सफा गरेको छत साँझमा धुलै धुलोले भरिने समस्या छ। शरिरमा धुलौधुलो, मुखमा हातले छुदा माटोनै निस्किने, माझेर राखेको भाडामा पनि माटै माटो हुने गरेको उनको दुखेसो छ। ‘विहान बढार्‍यो साँझ धुलो, मुखमा हातले छोयो माटो नै निस्किन्छ’, उनले भने, ‘पाँच बर्ष भयो, यसरी सास्ती खेप्न थालेको।’

सडकमा आवतजावत गर्दा यात्रुहरुलाई पनि त्यतिकै समस्या हुने गर्छ। पैदल यात्रु होस् वा सवारीमा यात्रु गर्दा पनि निकै सास्ती खेप्नु परेको छ। ‘धुलै धुलो हुँदा  अगाडीको गाडी पनि देखिदैन। श्वासप्रश्वासको समस्या हुन्छ, नै अगाडीको गाडी नदेखिदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ’ चालक ध्रुब रावतले भने, ‘सवारी चलाउन पनि समस्या हुन्छ।’

यसरी धुलोले स्वास्थ्यमा निकै असर गर्ने चिकित्सकहरुले बताउने गर्छन्। धुलोले गर्दा घाँटी, फोक्सोमा समस्या निम्त्याउने, नियमित खोकी लाग्ने, औषधी खाँदा पनि सञ्चो  नहुँने अबस्था आउने डा अशोक कुमार पण्डितले बताए। 

लामो समयदेखि अलपत्र चारलेन 

worldlink

घोराही–तुलसीपुर चारलेनको काम विसं २०७५ माघदेखि सुरु भएको हो। ३० महिनामा काम सक्ने गरि सम्झौता भयो। तर, अहिलेसम्म पनि त्यो काम  पूरा नहुँदा यात्रुहरुलाई मात्रै नभई वरपरका बासिन्दाहरुलाई पनि समस्या हुने गरेको छ।  उक्त सडकमा अहिलेसम्म ७  पेटी ठेकेदार फरिएका छन्।  चौथो पटक म्याद थप भइरहसकेको छ। 

विसं २०७८ जेठ ६ गते भित्र काम सक्नु पर्ने भएपनि त्यसो हुन सकेन्।काम सक्ने त टाढाको कुरा ६ प्रतिशत भन्दा बढि प्रगति हुन सकेन।  त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरि पहिलो पटक, २०७८ पुस २८ गते सक्ने गरि दोस्रो पटक म्याद थप भयो। तर, काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ बैशाख २९ गते सक्ने गरि म्याद थप भएको थियो। त्यो समयमा पनि १० प्रतिशत भन्दा बढि काम हुन सकेन्। अहिल खरिद ऐनको १२ औं संशोधनले  चौथो पटककालागि विसं२०८० असारसम्म स्वतः म्याद थप गरेको छ।

सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रुपमा जिम्मा पाए। त्यसपछि पुनः अनुप पाण्डे आए। उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का,विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए। उनीहरुबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजंग रायमाझी आएका हुन्।  पटक पटक म्याद थप हुने तर, काम नसिकदा नागरिक  स्तरबाट पनि विरोध हुने गरेको छ। केही दिन अघि मात्रै सामाजिक अभियन्ताहरुको पहलमा चारलेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो। 

चारलेन सडक भ्याट सहित १ करोड २१ लाख ८२ हजार तीन सय १ रुपैँया अमेरिकी डलर ९ नेपालीमा १ अर्ब २३ करोड ० मा निर्माण हुन लागेको हो। भारतीय तथ्य इन्जिनियरिङले ठेक्का लिएको हो। तर, उसले बिभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने तर, समयमा काम नगर्ने अबस्था हुँदा नागरिकले निकै सास्ती खेप्नु परेको छ।

पछिल्लो समय पुस १८ देखि बुटवलका सुनलिजंग राइमाझीले पेटी ठेक्का पाएका छन्। तर, उनले पनि काम अगाडी बढाउन सकेका छैनन्। तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब ३ लाख २१ हजार ९ सय  रुपँैया जरिवाना गर्ने गरेको छ। कूल रकमको १० प्रतिशतसम्म जरिवाना हुने व्यबस्था अनुसार ठेकेदार कम्पनीलाई जरिवाना गरिएको हो। यसको मुख्य ठेकेदार भारतीय तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट रहेको छ।

प्रकाशित: Feb 06, 2023| 06:29. 04 सोमबार, माघ २३, २०७९

थप समाचार

हिन्दू परिषद्का केन्द्रीय सदस्यले चलाएको चिकेन स्टेसनमा गाईको मासु

हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेको पाइएको हो।

छोरीको तस्बिरमा माला लगाउँदा भावुक भए प्रचण्ड

माइली छोरी रेनु र कान्छी गंगाको बीचमा उभिएका प्रचण्डको भावुक तस्बिर गंगाले सार्वजनिक गरेकी छन्। 

आफ्नै बुबाको जीवन सिध्याए जीवनले

दाउराको चिर्पटले हानेर बुबा नारायणको छोरा जीवनले हत्या गरेको प्रहरीले जनाएको छ।

मिटरब्याजपीडित पैदलै आन्दोलनका लागि उत्रिए काठमाडौं

मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिवासबाट पैदलै हिँडेर ११औं दिन आज काठमाडौंको मातातीर्थ भित्रिएका हुन्।

मोफसलका 'आँखा बा' चिजकुमार, जो ३९ वर्षदेखि सेवामा तल्लीन छन्

आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उनको परिचय हो।