बिहीबार, कात्तिक २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरका बंगुर फार्ममा 'अफ्रिकन स्वाइन फिभर' संक्रमण

कञ्चनपुरका बंगुर फार्ममा 'अफ्रिकन स्वाइन फिभर' संक्रमण

बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. पानसिंह ठगुन्नाले जानकारी दिए।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

कञ्चनपुर- कञ्चनपुरका बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको छ। बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. पानसिंह ठगुन्नाले जानकारी दिए। उनले एक महिनाअघिदेखि अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर र बँदेल मर्न थाले पनि ढिलागरी जानकारीमा आएको बताए।

National life

‘यहाँको बेदकोट नगरपालिकाका पाँच बङ्गुरमा परीक्षण गर्दा पाँचवटैमा सङ्क्रमण देखिएको हो’, उनले भने, ‘कृष्णपुरमा पनि सङ्क्रमण देखिएको छ, परीक्षणका लागि नमुना काठमाडौं पठाएका छौं।’ उनले कञ्चनपुरमा पहिलोपटक यो महामारी देखिएको बताए।

‘बङ्गुर, सुँगुर र बँदेलमा भाइरसबाट लाग्ने अफ्रिकन स्वाइन फिभर महामारी रोग हो, यसको उपचार हुँदैन’, डा ठगुन्नाले भने, ‘कञ्चनपुरमा कम छ कैलालीमा धेरै नोक्सानी भएको छ।’ कञ्चनपुरमा बेदकोट नगरपालिका–४ को एक बङ्गुर फार्ममा पहिलो पटक सङ्क्रमण पुष्टि भएको थियो। ‘एक किसानले मरेको बङ्गुरको पोष्टमार्टम गर्न ल्याए। हामीले शङ्का लागेर र्‍यापिट टेष्ट गर्‍यौं’, उनले भने, ‘यहाँ पोजेटिभ आएपछि पिसिआरका लागि काठमाडौँ पठायौं त्यहाँ पनि पोजेटिभ आयो।’

कृष्णपुर नगरपालिकामा पनि बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको नगरपालिकाका पशु विकास अधिकृत गोपालसिंह बोहराले जानकारी दिए। उनले यहाँका केही फार्ममा बङ्गुर मरे पनि ठूलो क्षति नभएको बताए। ‘अहिले सङ्क्रमण देखिएका क्षेत्रमा भ्याक्सिन लगाइराखेका छौं’, उनले भने, ‘थप परीक्षणका लागि धनगढीको ल्याबको टोलीले नमुना सङ्कलन गरिरहेको छ।’

कञ्चनपुरका विभिन्न स्थानका बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर मरे पनि सङ्क्रमण हुँदा किसानले पशु शाखा र भेटेरीनरी अस्पतालमा खबर नगरको पशु चिकित्सक बताउँछन्। अफ्रिकन स्वाइन फिभर लागेमा सुँगुर र बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडाम देखिने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने र नाकबाट फिँज आउनेजस्ता लक्षण देखापर्ने पशु चिकित्सक बताउँछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 05, 2023| 21:00 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।