मंगलबार, माघ १३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ठेकेदारको लापरबाहीले तीन वर्षमा १४ प्रतिशतमात्र कालोपत्रे

ठेकेदारको लापरबाहीले तीन वर्षमा १४ प्रतिशतमात्र कालोपत्रे

निर्माण कम्पनी शङ्करमाली कन्ट्रक्सन कम्पनीले विसं २०७६ कात्तिक ४ गते दश किलोमीटर सडकखण्डमा २०७८ माघ १५ गते सम्ममा सक्नेगरी कालोपत्रे गर्न सम्झौता गरे पनि निर्माण कार्यले गति लिन नसकेको हो।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

तनहुँ- जिल्लाको भानु नगरपालिका– १३ भानुमार्ग अन्तर्गतको चन्द्रावती, पोखरीछाप, ठूलोढुङ्गा सडकखण्डको कालोपत्रे तीन वर्षमा करिब चौध प्रतिशत मात्रै सम्पन्न भएको छ।

National life

निर्माण कम्पनी शङ्करमाली कन्ट्रक्सन कम्पनीले विसं २०७६ कात्तिक ४ गते दश किलोमीटर सडकखण्डमा २०७८ माघ १५ गते सम्ममा सक्नेगरी कालोपत्रे गर्न सम्झौता गरे पनि निर्माण कार्यले गति लिन नसकेको हो।

२३ करोड दुई लाख ८० हजारमा उक्त कम्पनीले ठेक्का सम्झौता गरेको थियो। निर्माण कम्पनीले रु तीन करोड चार लाख २० हजार पेश्की लिएर निर्माण सुरु गरे पनि सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि पुनः २०७९ असार ३० सम्म म्याद थप गराएको थियो।

थप म्यादभित्र पनि कामको सुरुवात नै नगरी फेरि एक वर्ष म्याद थप गरेर पनि निर्माण कार्यमा आलटाल गर्दै आएको स्थानीय उपभोक्ता गलबहादुर गुरुङले जानकारी दिए। समयमा काम सम्पन्न नगर्दा पानी पर्दा हिलो र पानी नपर्दा धुलोको सामना गर्न स्थानीयवासी बाध्य भएको उनले बताए।

पछिल्लोपटक थप भएको म्यादभित्र पनि निर्माण कम्पनीको प्रतिनिधिले औपचारिकता निर्वाह गर्न केही कामदार र केही सामान ल्याएर झार टार्ने काम मात्रै गरेको स्थानीयवासीले बताए। उक्त निर्माण कम्पनीले जताततै ठेक्का लिएर निर्माण कार्यलाई अलपत्र पार्ने काम गरेको पूर्वाधार कार्यालयका प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिए।

Laxmi sunrise bank
kumari

कार्यालयबाट पटक–पटक पत्राचार गर्नाका साथै फिल्डमा गएर काम गर्ने विषयमा माइन्युट गरेपनि अटेर गर्दै आएको उनको गुनसो थियो। कार्यालयका तर्फबाट गर्नुपर्ने कार्यमा कुनै कसर बाँकी राखेका छैनौँ। प्रमुख घिमिरेले भने, ‘चाँडो निर्माण सम्पन्न गर्न ताकेता गर्ने कार्यलाई निरन्तरता पनि दिँदै आएका छौँ।’

थपिएको म्यादमा सात महिना वितिसकेको छ। म्याद सकिन लगभग पाँच महिना मात्रै बाँकी रहेको उनले बताए। उक्त सडक निर्माण भए भानुनगरपालिकाको १२ र १३ वडा तथा व्यास नगरपालिकाको ८ र ९ वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्।

निर्माण कम्पनीका प्रतिनिधिले हरेक बैठकमा दुई दिनभित्र आवश्यक कामदार र सामग्री ल्याएर निर्माण कार्यलाई तीब्रता दिने भनि माइन्युट गरेपनि पटक–पटक झुटो आश्वासन दिएर उपभोक्तलाई झुकाउने कार्य गरेको उपभोक्ता गुरुङले बताए।

प्रकाशित: Feb 05, 2023| 21:30 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।