बिहीबार, मंसिर ४, २०८२

ब्रह्मास्त्र लिएर आए शैलेन्द्र अधिकारी

साहित्यकार शैलेन्द्र अधिकारीको कथा संग्रह 'ब्रह्मास्त्र' सार्वजनिक भएको छ। शनिबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा उनको पुस्तक सार्वजनिक भएको हो।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- साहित्यकार शैलेन्द्र अधिकारीको कथा संग्रह 'ब्रह्मास्त्र' सार्वजनिक भएको छ। शनिबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा उनको पुस्तक सार्वजनिक भएको हो। 

National life

पुस्तकलाई लेखक कुमार नगरकोटी, सुविन भट्टराई, अमर न्यौपानेलगायतले पुस्तक सार्वजनिक गरेका हुन्। 

ब्रह्मास्त्र पुस्तकबाट कथा मथिगंलको शिल्पी थियटरका कलाकारले नाटक पनि प्रस्तुत गरेका थिए। पुस्तक सार्वजनिकपश्चात् पुस्तकको अन्तर्क्रिया पनि भएको थियो। जसमा लेखक अधिकारीसँग पत्रकार दीपक सापकोटाले पुस्तकबारे छलफल गरेका थिए। 

अन्तर्क्रियामा बोल्दै लेखक अधिकारीले फरक फरक विषयमा कथाहरू लेखेको बताए। नेपाली कथा लेखनमा गुरुप्रसाद मैनालीको ट्रेण्डभन्दा फरक तरिकाले कथाहरू लेखेको उनको दाबी थियो। 

'म कथा लेखनको माध्यममात्र हुँ, कथानकहरू सबै पात्र र परिवेशले अगाडि बढाएका छन्', अन्तर्क्रियामा उनले भने, 'मैले केही काल्पनिक, मनोवैज्ञानिक कथाहरू पाठकमाझ प्रस्तुत गर्ने जमर्को गरेको छु।' 

Laxmi sunrise bank
kumari

यसअघी साहित्यकार अधिकारीको निर्वेद उपन्यास बजारमा आइसकेको छ भने गजल र समालोचनाका पुस्तक पनि सार्वजनिक भइसकेका छन्। 

पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो भने मुल्य ४ सय ५० रहेको छ।

प्रकाशित: Feb 05, 2023| 14:45 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।