शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • समाज
  • पुरानो बानेश्वरमा फार्मेसी सञ्चालक छोरीसहित मृत फेला

पुरानो बानेश्वरमा फार्मेसी सञ्चालक छोरीसहित मृत फेला

छोरीलाई छुरा प्रहार गरिएको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ। किशोर भने झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- काठमाडौंको पुरानो बानेश्वरमा बाबु–छोरी मृत फेला परेका छन्। प्रहरीका अनुसार रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरीको शव शनिबार साँझ भेटिएको हो। 

National life insurance

छोरीलाई छुरा प्रहार गरिएको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ। किशोर भने झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

किशोरले छोरीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आकलन छ। छोरी शारीरिक रुपमा अशक्त रहेको पाइएको प्रहरीले जानकारी दिएको छ। 

घटनास्थलमा प्रहरीले सुसाइड नोटसमेत फेला पारेको छ। नोटमा आर्थिक समस्यालगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ। किशोरले फार्मेन्सी पसल सञ्चालन गर्दै आएका थिए।

घटनाको जाँचबुझका लागि त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विज्ञको टोली बोलाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

worldlink

भण्डारी शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेका छन् भने छोरी घाँटी रेटिएको अवस्थामा।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार किशोरले शनिबार बिहान ६ महिनाको छोरा र श्रीमतीलाई भक्तपुरस्थित माइत पठाएको खुलेको छ। साँझ कोठा फर्किएकी श्रीमतीले भित्रबाटै ढोका बन्द रहेको चाल पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्। किशोर मा केही समयदेखि मानसिक समस्या रहेको श्रीमतीले बताएकी छन्।

एक पेजको सुसाइड नोटमा किशोरले घर व्यवहारका कुरा लेखेका छन्। उनले तिर्न बाँकी ऋणहरु पनि उल्लेख गरेका छन्। अशक्त छोरीलाई बिजोग देख्न नसक्ने भन्दै सुसाइड नोटमा ‘माफ गर’ लेखिएको प्रहरीले बताएको छ। उनले आफ्नो फ्रस्टेसनका बारेमा पनि केही लेखेका छन्। पति–पत्नीबीचको सम्बन्ध राम्रै देखिएको, आर्थिक र व्यवहारिक समस्या देखिएको छ।

प्रकाशित: Feb 05, 2023| 12:35. 19 आइतबार, माघ २२, २०७९

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।