बिहीबार, वैशाख २७, २०८१

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए। राजद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएपछि उनी निर्वासनमा थिए।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको निधन भएको छ। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार ७९ वर्षीय मुसर्रफको आइतबार बिहान यूएईको दुबईमा उपचारका क्रममा निधन भएको हो।

triton college

उनी लामो समयदेखि बिरामी थिए। मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए। राजद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएपछि उनी निर्वासनमा थिए।

लाहोर उच्च अदालतले देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएपछि उनी दुबई भागेका थिए।

जनरल परवेज मुशर्रफले अक्टोबर १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता हातमा लिएका थिए। २००१ जुनमा उनले सैन्य प्रमुख रहँदै आफूलाई राष्ट्रपति घोषणा गरेका थिए। सन् २००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराउँदै मुसर्रफ पाँच वर्षको लागि पाकिस्तानको राष्ट्रपति बने।

२००७ को अक्टोबर-नोभेम्बरमा मुसर्रफले पुन: राष्ट्रपतिको चुनाव जिते। तर उनले गराएको चुनावलाई सर्वोच्च अदालतले चुनौती दियो। त्यसपछि उनले देशमा संकटकाल लागू गर्दै मुख्य न्यायाधीश जस्टिस इफ्तिखार चौधरीको ठाउँमा एक नयाँ मुख्य न्यायाधीश नियुक्त गरे, जसले उनको चुनावलाई वैधानिकता दिए।

corrent noodles
Metro Mart

२००८ अगष्टमा मुसर्रफले राष्ट्रपति पदबाट राजीनामा दिए। दुई मुख्य पार्टीले उनका विरुद्ध महाअभियोग लैजाने निर्णय गरेपछि उनले राजीनामा दिएका थिए।

प्रकाशित: Feb 05, 2023| 12:24 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।