शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संस्कारयुक्त शिक्षा नै चैतन्य पाठशालको मूल दर्शन हो : गणेश प्रसाद जोशी

संस्कारयुक्त शिक्षा नै चैतन्य पाठशालको मूल दर्शन हो : गणेश प्रसाद जोशी

धनगढी-५ शिवनगरमा रहेको चैतन्य पाठशालाले भव्य रूपमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा पाठशालाले हरेक वर्ष शिक्षा साधना पुरस्कारबाट सम्मान गर्ने घोषणासमेत गरेको छ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- धनगढी-५ शिवनगरमा रहेको चैतन्य पाठशालाले भव्य रूपमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा पाठशालाले हरेक वर्ष शिक्षा साधना पुरस्कारबाट सम्मान गर्ने घोषणासमेत गरेको छ।

triton college

सरकारसँग जोड्दै विद्यार्थीमा जीवन उपयोगी सिपसँगै आधारभूत मूल्य र मान्यताहरूको चेतना जगाउने उद्देश्य विद्यालयको छ। यस वर्ष शिक्षाविद् प्रा. डा. हेमराज पन्तलाई  शिक्षा साधना सम्मान २०७९ प्रदान गरिएको छ। चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले प्रा. डा. पन्तलाई दोसल्ला, कदर पत्र र नगद २५ हजार २५ रुपैयाँसहित शिक्षा साधना सम्मान प्रदान गरे।

पुरस्कारबाट विजेता पन्तले उक्त पुरस्कारको राशि सामाजिक क्षेत्रमा लगाउने बताए। कार्यक्रममा शिक्षा क्षेत्र, प्रशासन, साहित्य क्षेत्र, समाजसेवा, खेलकुद क्षेत्रबाट विभिन्न व्यक्तिहरू सम्मानित भएका छन्।

जसअनुसार शिक्षा क्षेत्रमा योगदान पुर्‍याएबाफत कैलाली बहुमुखी क्याम्पस प्रमुख प्राध्यापक डाक्टर धर्मराज उपाध्याय, ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टलाई सम्मानित गरिएको छ। यस्तै प्रशासन क्षेत्रमा योगदान पुर्‍याएबाफत सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव रामबन्धु सुवेदी सम्मानित भएका छन्।

यस्तै साहित्य क्षेत्रमा योगदान पुर्‍याएबाफत साहित्यकार तथा मदन पुरस्कार विजेता रामलाल जोशी, समाजसेवा तर्फ  दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्ट, खेलकुद क्षेत्रतर्फ  राष्ट्रिय खेलाडी महिला क्रिकेट टिमकी स्नेहा महरालाई सम्मान गरिएको छ। उनीहरूलाई प्रमुख अतिथि प्रा. डा. पन्तले सम्मान पत्र सहित सम्मान गरेका थि ।

Metro Mart
vianet

कार्यक्रममा वर्षभरि विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। यस्तै आदर्श अभिभावक अन्तरगत १५ जनाअभिभावकलाई कदर पत्रसहित सम्मान गरिएको छ।

कार्यक्रममा बोल्दै प्रा. डा. पन्तले नैतिकता र अनुशासन बिनाको शिक्षाले समाजलाई बिकृत बनाउने भएकोले संस्कार युक्त शिक्षा आजको आवश्यकता भएको बताए।

उनले नैतिक मूल्य मान्यता सहितको संस्कार युक्त प्रदान गर्ने उद्देश्यले स्थापना भएको चैतन्य पाठशालाले धनगढीमा शिक्षा क्षेत्रमा फरक पहिचान दिन सफल हुने विश्वास व्यक्त गरे।

वार्षिकोत्सव समारोहमा बोल्दै चैतन्य पाठशालाका अध्यक्ष जोशीले नैतिक मूल्य-मान्यता सहितको जीवन उपयोगी संस्कार युक्त शिक्षा प्रदान गर्ने ध्येयले चैतन्य पाठशाला सञ्चालनमा ल्याएको बताए।

'हाम्रो चाहना कुसल शिक्षा प्रदान गर्दै असल नागरिक उत्पादन गर्नु हो। असल नागरिक बनाउन सानैदेखि महत्त्वपूर्ण कुरा सिकाउनुपर्छ। महत्वपूर्ण कुरा सिकाएर सानैमा राम्रो मनोवृत्ति निर्माण गर्न सघाएनौं भने राम्रो परिणाम आउँदैन। मान्छेलाई असल बनाउने मुख्य साधन भनेकै संस्कार हो,' उनले भने, 'त्यसैले चैतन्यको मुख्य उदेश्य भनेको संस्कारसहितको शिक्षा नै हो। समग्रमा असल बन्ने अभ्यास गर्नु नै संस्कार हो। शील-स्वभावको शुद्धीकरण गर्नु संस्कार हो। दुर्गुण हटाएर सद्गुण भर्नु नै संस्कार हो। बफादार, कर्तव्यनिष्ठ, सत्यनिष्ठ, इमानदार बन्ने अभ्यास नै संस्कार हो। संस्कारले व्यक्तिलाई मूल्यवान् बनाउँछ। हामी प्रयोगात्मक शिक्षा त प्रदान गर्छौ नै। त्यसमा पनि व्यक्तिलाई मूल्यवान बनाउन संस्कारसहितको शिक्षा प्रदान गर्ने छौं।'

संस्कारयुक्त शिक्षा दिन पूर्वीय दर्शनमा आधारित अध्यात्मले भनेको सत्यम्, शिवम्, सुन्दरम् हुनैपर्ने बताउँदै उनले सोही मान्यतामा टेकर विद्यालयले शिक्षा प्रदान गर्ने जानकारी दिए।

चैतन्य पाठशालाका प्रिन्सिपल हरी जोशीले विद्यालयको शैक्षिक गतिविधि र अवधारणा प्रस्तुत गर्दै संस्कार युक्त गुणस्तरीय शिक्षा प्रदान गर्नु पाठशालाको मूल उद्देश्य रहेको बताए । छोटो समयमै अभिभावकहरुले गरेको विश्वास प्रति आभार व्यक्त गर्दै जोशीले अभिभावकको विश्वास खेर जान नदिने बताए । कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरू राखेका थिए।

प्रकाशित: Feb 05, 2023| 11:38 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।