मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिरहाबाट चार लाख ३५ हजार क्कली नोटसहित दुई जना पक्राउ

सिरहाबाट चार लाख ३५ हजार क्कली नोटसहित दुई जना पक्राउ

चार लाख ३५ हजार नेपाली नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले शनिबार साँझ सिरहाबाट दुई जनालाई पक्राउ गरेको हो।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- चार लाख ३५ हजार नेपाली नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले शनिबार साँझ सिरहाबाट दुई जनालाई पक्राउ गरेको हो।

National life

पक्राउ पर्नेमा  सिरहाको  लहान नगरपालिका–१९ का ३० वर्षीय मोहम्मद ओसिन र  लहान–१० का २२ वर्षीय मोहम्मद राज शेख छन्। लहान–८ स्थित पशुपति माध्यमिक विद्यालयनजिकको रोडबाट उनीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका नायब उपरीक्षक शैलेन्द्र थापाले बताए।

उनीहरूको साथबाट ४३५ थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बन्डल, दुईथान मोबाइल सेट, सातथान सिमकार्ड र एक हजार ५५ रुपैयाँ समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामानसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको नायब उपरीक्षक थापाले जानकारी दिए।

प्रकाशित: Feb 05, 2023| 10:11 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।