मंगलबार, वैशाख १५, २०८३

चन्द्रागिरि पुगे मलेसियाका गृहमन्त्री

शनिबार बिहानै त्यहाँ पुगेका मलेसियाका गृहमन्त्री इस्मालीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गर्नुका साथै त्यहाँ निर्माण भएका विभिन्न पूर्वाधारहरूको स्थलगत भ्रमण गराएका थिए।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं- मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीद्वारा काठमाण्डौँको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन्।

National life

शनिबार बिहानै त्यहाँ पुगेका मलेसियाका गृहमन्त्री इस्मालीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गर्नुका साथै त्यहाँ निर्माण भएका विभिन्न पूर्वाधारहरूको स्थलगत भ्रमण गराएका थिए।

चन्द्रागिरिको भ्रमणका क्रममा इस्मालीले एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्स मलेसियाको पर्यटकीय पूर्वाधार ग्यान्टिङ्ग हाइल्याण्डसँग मिल्दोजुल्दो रहेको बताउँदै गृहमन्त्री इस्मालीले यो परियोजनाको अवलोकन भ्रमणपछि थप पर्यटकीय पूर्वाधार निर्माणमा नेपाललाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेको कम्पनीले जनाएको छ।

आईएमईका संस्थापकद्वय चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल आईएमईको व्यवसाय विस्तारका क्रममा लामो समय मलेसिया बस्दा त्यहाँको ग्यान्टिङ हाइल्याण्डबाट प्रभावित भई यो परियोजना निर्माणमा लागेका थिए।

प्रकाशित: Feb 04, 2023| 17:30 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।