शुक्रबार, जेठ १९, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • सत्तारुढ गठबन्धनले प्रधानमन्त्रीलाई राष्ट्रपति निर्वाचनसम्म पनि नपर्खिने देखियो : नेता नेपाल

सत्तारुढ गठबन्धनले प्रधानमन्त्रीलाई राष्ट्रपति निर्वाचनसम्म पनि नपर्खिने देखियो : नेता नेपाल

सत्तारुढ गठबन्धनभित्र देखिएको खटपटीले तरल राजनीतिक अवस्था सिर्जना भएकाले संविधानको रक्षामा ध्यान दिनुपर्ने नेता नेपालको धारणा।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म पनि नपर्खिने संकेत देखिएको बताएका छन्। 

Everest Bank

राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ।

शनिबार नेकपा एसको ललितपुर बालकुमारीमा जारी पाँचौं केन्द्रीय कमिटी बैठकमा नेता नेपालले यस्तो खुलासा गरेका हुन्।

उनले भने, ‘सत्तारुढ गठबन्धनले प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन। राष्ट्रपतिको चुनावसम्म थेग्ने होला। तर त्योभन्दा पहिले नै देखिरहेका छौं, खटपट भइसकेको छ। तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहन्छ, भन्न सक्ने अवस्था छैन।’

नेता नेपालले सात थरी (सात दलीय गठबन्धन)हरुकै कारण संविधान पालना हुन्छ वा हुँदैन भन्ने विषयमा पनि चिन्ता लाग्न थालेको सुनाए। गणतन्त्र नमान्ने, राजतन्त्रको वकालत गर्र्नेहरु सरकारमा रहेकाले संविधान बचाउनेतर्फ सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ।

National life insurance
Metro Mart

प्रकाशित: Feb 04, 2023| 01:53. 52 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नक्कली शरणार्थी प्रकरणः खाणसहितका तीन जनामाथि सोधपुछ

अदालतमा बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता रिजाल तथा हरिभक्तलाई न्यायाधीशले नक्कली शरणार्थी धन्धाबारे सोधपुछ गरिरहेका हुन्।

भारत भ्रमण ऊर्जा व्यापारमा ब्रेक थ्रु : प्रधानमन्त्री प्रचण्ड

नयाँ दिल्लीस्थित होटल आइटिसी मौर्यमा नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले ऊर्जा व्यापार क्षेत्रमा भारतसँग ‘ब्रेक थ्रु’ भएको दाबी गरेका हुन्।