मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली अमेरिकी डलरसहित महाराजगञ्जबाट पाँच जना पक्राउ

नक्कली अमेरिकी डलरसहित महाराजगञ्जबाट पाँच जना पक्राउ

प्रहरीले नक्कली अमेरिकी डलरसहित पाँच जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं- प्रहरीले नक्कली अमेरिकी डलरसहित पाँच जनालाई पक्राउ गरेको छ।

National life

काठमाडौं महानगरपालिका वडा नम्बर ३ महाराजगञ्ज एरियामा नक्कली अमेरिकन डलरको कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त महाराजगन्जबाट प्रहरी अधिकृतसहितको टोली परिचालन गरिएको थियो।

प्रहरीले नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका २४ वर्षीय विशाल तामाङ, रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नम्बर १ घर भएका २७ वर्षीय दल बहादुर तामाङ, ३० वर्षीय विजय सुनुवार, ओखलढुङ्गा सिद्धिचरण नगरपालिका घर भएका ४७ वर्षीय तुलमान राई र  प्युठान नौबदनी  गाउँपालिका घर भएका ४४ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट एक सय दरको २० थान नक्कली अमेरिकन डलर बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Feb 04, 2023| 13:28 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।