मंगलबार, वैशाख १५, २०८३

स्कुटर दुर्घटनामा आमाछोराको मृत्यु

पाल्पाको बगनासकाली गाउँपालिका-९, चापपानी झिरभन्ज्याङमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा-छोराको मृत्यु भएको छ।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

पाल्पा- पाल्पाको बगनासकाली गाउँपालिका-९, चापपानी झिरभन्ज्याङमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा-छोराको मृत्यु भएको छ।

National life

मृत्यु हुनेमा तानसेन नगरपालिका-१३, बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मीना थापा मिधुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले बताए। प्रहरीका अनुसार मृतक आमा छोरा हुन्।

तानसेन–चापपानी–दर्लमडाँडा–राम्दी सडक अन्तर्गत भित्री सडकम बगनासकाली गाउँपालिका–९ झिरुभन्ज्याङ नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ। तानसेनदेखि खानीगाउँ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरी उपरीक्षक शाहीले बताए।

ट्याक्टरको ठक्कबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल पाल्पामा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। ट्याक्टर चालक धादिङका हरिलाल चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 04, 2023| 12:41 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।