मंगलबार, वैशाख १५, २०८३

खोटाङमा भिरबाट लडेर एक वृद्धको मृत्यु

खोटाङमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। घर नजिकैको भिरबाट लडेर रावाबेसी गाउँपालिका–४ डुम्रेधरापानी आहालेका ६४ वर्षीय बिर्खबहादुर गुरुङको ज्यान गएको हो।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

खोटाङ- खोटाङमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। घर नजिकैको भिरबाट लडेर रावाबेसी गाउँपालिका–४ डुम्रेधरापानी आहालेका ६४ वर्षीय बिर्खबहादुर गुरुङको ज्यान गएको हो। 

National life

हिजो बेलुका हिँडिरहेका बेला भिरबाट दुई सयमिटर तल खसेर गम्भीर घाइते भएका गुरुङको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटामै ज्यान गएको प्रहरीले जनाएको छ।

दिक्तेल लैजानेक्रममा रावाबेसी गाउँपालिका–१ कुभिन्डे वडा कार्यालय नजिकै पुगेपछि गुरुङको ज्यान गएको स्थानीयले बताएका छन्।

गएराति प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्क लगिएको शव शनिबार आज बिहान पोष्टमार्टमपछि आफन्तलाई जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनुकुमार कार्कीले बताए। 

प्रकाशित: Feb 04, 2023| 12:03 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।