सोमबार, वैशाख ७, २०८३

सोलोमन टापुमा अमेरिकी दूतावास स्थापना

शिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न तथा आफ्नो संलग्नता बढाउन अमेरिकाले दूतावास स्थापना गरेको जापानी प्रसारक एनएचके वर्ल्डले जनाएको छ।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

वासिंटन- अमेरिकाले दक्षिण प्रशान्त महासागरमा अवस्थित सोलोमन टापुमा दूतावास खोलेको छ। एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न तथा आफ्नो संलग्नता बढाउन अमेरिकाले दूतावास स्थापना गरेको जापानी प्रसारक एनएचके वर्ल्डले जनाएको छ।

National life

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले सोलोमन टापुको राजधानी होनियारामा दूतावास स्थापना हुनुलाई दुई देशबीच विद्यमान सुमधुर सम्बन्ध नवीकरणको प्रतीक भएको बताएका छन्। सन् १९९३ मा अमेरिकाले टापु राष्ट्रमा रहेको आफ्नो दूतावास बन्द गरेको थियो।

'आज हामीले होनियारा सोलोमन टापुमा संयुक्त राज्य अमेरिकाको दूतावास खोलेका छौँ, हामीले दूतावास स्थापना गर्ने चाहनाबारे घोषणा गरेको एक वर्षभन्दा कम समयमै त्यो पूरा भएको छ। यसबाट हाम्रो सम्बन्ध नविकृत भएको छ, यसले हाम्रो द्विपक्षीय सम्बन्धप्रतिको प्रतिबद्धता झल्काउँछ। सोलोमन टापुका जनता तथा एशिया–प्रशान्त क्षेत्रमा हाम्रो साझेदारी बढाउन सहज हुनेछ,' अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अमेरिकाले सोलोमन टापुसँग आर्थिक विकास तथा साझेदारी, कोभिड–१९ महामारीविरुद्धको लडाइँ, जलवायु परिवर्तनका चुनौतीलगायत समस्या सम्बोधनमा सघाएको तथा ती क्षेत्रमा जारी सहयोग एवम् साझेदारीलाई सुदृढ गर्न तत्पर रहेको जनाएको छ। जनता–जनताबीचको सम्बन्ध विस्तारमा दूतावासको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विज्ञप्तिमा प्रशान्त क्षेत्रका अन्य टापु राष्ट्रसँको साझेदारी प्रवद्र्धनमा बल पुग्ने विश्वास व्यक्त गरिएको छ।  -एएनआई

प्रकाशित: Feb 03, 2023| 20:45 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।