मंगलबार, वैशाख १५, २०८३

राहत पाउँदा छायाँनाथका पहिरोपीडित खुसी

बाढीपहिरोमा परी घर तथा खेतबारी गुमाएका छायाँनाथ रारा नगरपालिका-८ का पीडित परिवारले आज राहत पाउँदा खुसी भएका हुन्।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

मुगु- गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरो प्रभावित परिवारले राहत पाउँदा खुसी भएका छन्। बाढीपहिरोमा परी घर तथा खेतबारी गुमाएका छायाँनाथ रारा नगरपालिका-८ का पीडित परिवारले आज राहत पाउँदा खुसी भएका हुन्।

National life

टेवा नेपाल काठमाडौँको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई प्रतिघर ३० केजी चामल, दुई केजी दाल, एक पाकेट नून, डसना, फाइबर सिरक र तन्नालगायतका सामाग्री वितरण गरिएको महिला अधिकार केन्द्र मुगुका अध्यक्ष सुकमाया शाहीले जानकारी दिए।

माघको जाडोमा खाद्यान्न र न्यानो ओढ्नेओछ्याउने कपडा पाएपछि विष्टवाडा गाउँका स्थानीय खुसी छन्। ‘गत असोज १८ देखि २३ सम्म परेको अविरल वर्षाका कारण गाउँमा कसैका घर भत्किए, कसैका चर्किए, खेतगरामा पाक्न लागेका अन्न सबै बगायो। त्यस बेलादेखि घर बाहिर नै बस्दै आएका छौँ’, स्थानीय लोकबहादुर विष्टले भने।

उनका अनुसार छिमेकी तथा नगरपालिकाले गरेको सहयोगमा जीविकोपार्जन गर्दै आएका स्थानीयले आज न्यानो कपडा र खाद्यान्न राहत पाएका हुन्। स्थानीय रमिला रावलले ठुलो परिवारलाई जीविकोपार्जनमा समस्या भएको भन्दै सरकारले घर निर्माणमा सहयोग गर्नुपर्ने बताए।

छायाँनाथ राराका बासिन्दा मात्र होइन जिल्लाभरिका बाढीपहिरो पीडित परिवार सरकारले घर निर्माण तथा गरा सुधारमा सहयोग गर्नुपर्ने बताउँछन्।सरकारले मुगु लगायत साविक कर्णालीलाई संकटग्रस्त जिल्ला घोषणा गरी पुनर्निर्माणका लागि पीडित परिवारको तथ्यांक संकलन गरिरहेको वडा नं ८ का वडाअध्यक्ष कर्णबहादुर रावलले बताए।

kumari

उनले तथ्यांक संकलन गर्ने नगरपालिकाका कर्मचारीहरूलाई क्षति र हालको अवस्थाबारे वास्तविक तथ्यांक उपलब्ध गराउन पीडित परिवारलाई आग्रह गरे। वर्षासँगै आएको बाढीपहिरोले यहाँका चार वटै पालिकामा करोडौँको क्षति पुर्‍याउनुका साथै आठ जनाको ज्यान समेत गएको थियो। 

जग्गा मात्र बगाएका परिवार घरमा फर्किए पनि घरजग्गा दुवै गुमाएका परिवार भने अहिले पनि खुला चौरमा पालभित्र बस्दै आएका छन्। 

प्रकाशित: Feb 03, 2023| 19:30 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।