आइतबार, जेठ २१, २०८०

रास्वपा सरकारबाट नबाहिरिने, गृहमन्त्रीका लागि दुई दिन पर्खिने

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने र गृह मन्त्रालयमा दाबी अझैं दुई दिन पर्खिने निर्णय गरेको हो।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ। 

Everest Bank

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने र गृह मन्त्रालयमा दाबी अझैं दुई दिन पर्खिने निर्णय गरेको हो।

उक्त बैठकले सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा नेताहरुले सरकारबाट हट्ने वा नहट्नेबारे मिश्रित धारणा राखेका थिए।

माघ १३ गते सर्वोच्च अदालतले रास्वपा सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधि सभा चुनाव लडेको भन्दै उनको सांसद पद बदर गरिदिएपछि पछिल्लो राजनीतिक घटनाक्रम विकसित भएको हो। अदालतको आदेशपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए। 

गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुन: प्राप्त गरेका लामिछानेले आफूलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गरेका थिए।

Metro Mart
worldlink

रास्वपाले यसअघिको सहमतिअनुसार गृहमन्त्री आफ्नो दलले नै पाउने भएकाले गृहमन्त्री नपाए सरकार छोड्ने चेतावनी दिएको थियो।

प्रकाशित: Feb 02, 2023| 08:55. 07 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्