शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • राजनीति
  • सांसदलाई सभामुख, उपसभामुखको खबरदारी, जनताका प्रतिबद्धता नभुल्न गराए सचेत

सांसदलाई सभामुख, उपसभामुखको खबरदारी, जनताका प्रतिबद्धता नभुल्न गराए सचेत

सांसदहरुले जनप्रतिनिधि थलोमा भुइँतहका नागरिकको आवाज उठाउन छाडेका र संसदीय विधिलाई बाइपास गर्ने क्रम बढेसँगै प्रजातान्त्रिक मूल्य–मान्यता र अभ्यासबारे प्रशिक्षित गराइन लागेको हो।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदलाई दुई दिने अभिमुखीकरण तालिम कार्यक्रम सञ्चालन गरेको छ। बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको तालिम प्रतिनिधिसभाका सभामुख देव घिमिरेले उद्घाटन गरे।

National life insurance

कार्यक्रममा सभामुख घिमिरेले छोटो समयमै  संसदीय गतिविधिबाट नागरिका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदलाई आग्रह गरे। नागरिकका समस्याको चाङ बढ्दै गएकाले समाधान गर्न जनप्रतिनिधिले संसद्मा आफ्नो भूमिकालाई बलियो बनाउनुपर्ने उनले सुझाए।

सभामुख घिमिरेले विगतमा कतिपय सांसदको आचार, व्यवहार जनमुखी हुन नसकेको प्रसंग उठाउँदै संसद्मा आइसकेपछि जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने हिसाबबाट अघि बढ्न आग्रह गरे। उनले विगतमा संसदमा भएका राम्रा कुराबाट शिक्षा लिँदै सांसदले आफ्नो संसदीय भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए।

नागरिकले संसद्का गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट सांसदको काम खोजिरहेको सभामुख घिमिरेको भनाइ छ। उनले भने, ‘हामीप्रति देशले ठूलो अपेक्षा राखेको छ। यसका आफ्नै खाले प्रक्रिया छन्। परम्परा छन्। पद्धति छन्। यसलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्नेछ। विगतलाई फर्किएर हेर्दा हाम्रा आचार, व्यवहार कतिपय मानेमा जनउत्तरदायी हुन सकेका छैनन्। पहिलोपल्ट सबै नयाँ हुन्छ, केही संख्या दोहोरिएर आउने कुरा बेग्लै हो।’

उनले नयाँ सांसदले पूरा गर्नुपर्ने दायित्व, काम गराइ, अभ्यासलाई सचेततापूर्वक अँगाल्नुपर्नेमा जोड दिए। उनले भने, ‘यी सबै कत्तिको जनउत्तरदायी भएर काम गरेका छौं? विषयमा आधारित भएर गर्न सकेका छौं कि छैनौं? हामीलाई निर्वाचित गर्ने नागकिरले संसदका गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट काम खोजिरहेका छन्।’ सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने औंल्याए।

worldlink

कार्यक्रममा उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरिएको गुनासो पोखिन्। उनले उपसभामुखलाई उप/चुपजस्ता वाक्यांश प्रयोग गरेर हेपिँदै आएको बताइन्। संसद्मा महिला सांसदले जनताका समस्यलाई गुञ्जायमान गर्नुपर्ने उनको भनाइ छ। उपसभामुख गुरुङले सांसदहरु काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेट्नेतर्फसचेत गराइन्।

उनले भनिन्, ‘मैले उपसभामुख भइसकेपछि केही गाउँ भ्रमण गरें। गाउँमा नागरिकका लागि आवश्यक सामग्री उपलब्ध छैन। यस्ता विषय सदनमा गुन्जियोस्। सांसदले यी कुरामा ध्यान दिनुहुनेछ। हामी काठमाडौं केन्द्रित मात्रै भएर बस्ने हो भने गाउँ जाँदा जनताले राँको बालेर खेदाउनेछन्।’

उपसभामुख रानाले सांसदले स्थलगत अवलोकन गरी त्यहाँका समस्या संसद्मा उठाउनुपर्ने सुझाव दिइन्।शुक्रबारसम्म चल्ने प्रशिक्षणमा सांसदहरुलाई संसदीय विधि र प्रक्रियाबारे अभिमुखीकरण गरिने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। 

सांसदलाई अभिमुखीकरणका लागि विषय–विज्ञका रुपमा पूर्वसभामुख सुवास नेम्बाङ, युवराज खतिवडा, माधव पौडेललगायत विज्ञ बोलाइएको छ। प्रशिक्षणमा सांसदलाई संसदीय विधि, प्रक्रिया, मूल्य–मान्यता र अभ्यासबारे प्रशिक्षित गरिनेछ।

प्रकाशित: Feb 02, 2023| 03:11. 09 बिहीबार, माघ १९, २०७९

थप समाचार

सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक, सरकार विस्तारबारे छलफल

कांग्रेस नेतृत्वको नयाँ समीकरण, सरकार विस्तार, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बसेको माओवादीले बताएको हो।

वर्तमान गठबन्धन लामो समय नटिक्ने बाबुराम भट्टराईको उद्घोष

गठबन्धनमा आबद्ध दस वटै दललाई सत्ता चाहिएको र देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढंगले अघि बढ्न नसकेकै कारण नयाँ गठबन्धन टिकाउ हुने ग्यारेन्टी...

उपेन्द्रलाई रोक्दै जनमत र लोसपा

सांसद रामसहायलाई उपराष्ट्रपति बनाएपछि रिक्त रहेको बारा २ को निर्वाचन क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार बन्ने रणनीतिमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनभित्रकै सीके राउतहरूले...