बिहीबार, वैशाख १३, २०८१

विवादको चौघेरामा रवि, पार्टी र जनस्तरको विश्वास ओरालो लाग्दै

पत्रकार हुँदा विधि र पद्धतिको ठूलो वकालत गर्न खोज्ने रवि सरकारमा पुगिसकेपछि आफै विधि र पद्धतिको धज्जी उडाएको भन्दै सामाजिक सञ्जाल र नागरिक स्तरबाट आलोचना भइरहेको हो।
 |  बिहीबार, माघ १९, २०७९

यज्ञराज जोशी

यज्ञराज जोशी

बिहीबार, माघ १९, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रका हुँदा १३ जुन २०२१ मा केरे...केरे...केरे... अदालतको आदेश मान्दिन रे !!?? तिम्रो ‘‘बा’’ को शासन हो र ?? भन्दै ट्विट गरेका थिए।

triton college

८ अक्टुबर २०२१ मा रविले अर्को ट्विटमा भनेका थिए, ‘जे ठा न ठान.. गैरसांसद मन्त्री भै छाडे। विधि, पद्धति, आदेश, परमादेश, फ्लोर क्रस र यो लिमिट क्रस... उफ् !!!!’

पूर्वपत्रकारका रुपमा लामिछानेले सामाजिक सञ्जालमा लेखेका यिनै कुरा अहिले निकै चर्चित बनिरहेका छन्। यसको कारण नागरिकता विवादमा सर्वोच्च अदालतले सुनाएको फैसलालाई हेर्नुपर्ने हुन्छ।

राजनीतिमा प्रवेश गरेसँगै रविको विवाद चरम चुलीमा छ। नागरिकता विवाद, राहदानी विवाद, विवादित व्यक्तिलाई श्रम तथा रोजगार मन्त्रीका रुपमा पठाएको विवाद, स्वास्थ्य राज्यमन्त्रीले अस्पताल पुगेर बिरामी भेट््दा स्वास्थ्य मापदण्डको पालना नगरेको विवाद। यी र यस्ता थुप्रै विवादमा रवि र उनको पार्टी मुछिएको छ। पत्रकार हुँदा विधि र पद्धतिको ठूलो वकालत गर्न खोज्ने तर अहिले सरकारमा पुगिसकेपछि आफै विधि र पद्धतिको धज्जी उडाएको भन्दै सामाजिक सञ्जाल र नागरिक स्तरबाट उनको आलोचना भइरहेको हो।

उनले हिजो पत्रकार हुँदा टेलिभिजनको पर्दामा गैरसांसद मन्त्री बन्ने भन्दै चोर औंला उठाउँदै प्रश्न तेर्स्याएका थिए। अहिले त्यो औंला उनीतर्फ सोझिएको छ। उनी गैरसांसदका रुपमा पुनः गृहमन्त्री बन्ने कसरतमा छन्। 

corrent noodles
Metro Mart

सर्वोच्च अदालतले गत शुक्रबार रविलाई अनागरिक घोषणा गरिदिएपछि आइतबार नागरिकता लिएका थिए। अनागरिक भएसँगै चितवन–२ बाट निर्वाचन लडेका रविको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो। तर, रवि नागरिकता लिएकै दिन पुनः पार्टी सभापतिमा नियुक्त भएका थिए।

नागरिकता लिएसँगै नेपाली नागरिक बनेका रवि यतिबेला पुनः गैरसांसदका रुपमा गृहमन्त्री बन्ने दौडमा छन्। उनले पत्रकार हुँदा विधि, पद्धति मिचे भन्दै टेलिभिजनको पर्दामा कराउँदै लामो सुस्केरा सुसेलेको भुलिसकेका छन्।

तर, उनको आदर्श रटानलाई जनताले भने भुल्न सकेका छैनन्। किनकि जनतालाई उनी आदर्श राजनीतिज्ञका रुपमा उदाउँछन् भन्ने आश थियो। त्यही आशका कारण पार्टी स्थापनाको ६ महिनामै जनताले उनलाई पत्याएका थिए। पछिल्ला विवादित शृंखलाले भने रविप्रतिको पत्यार गुम्दै गएको छ। गैरसांसदका रुपमा मन्त्री भए उनीप्रति थप निरासा पैदा हुने निश्चित छ।

पत्रकार हुँदा विधि र पद्धतिको ठूलो वकालत गर्न खोज्ने रवि  सरकारमा पुगिसकेपछि आफै विधि र पद्धतिको धज्जी उडाएको भन्दै सामाजिक सञ्जाल र नागरिक स्तरबाट आलोचना भइरहेको हो।

रविप्रति जनतामा मात्रै होइन, पार्टीभित्रै पनि निराशा र असन्तुष्टि बढ्न थालेको छ। त्यसको संकेत हो, रास्वपाका चितवन सभापति धर्मेन्द्र सापकोटाको राजीनामा।

रविलाई चितवन क्षेत्र २ बाट सांसद जिताउन महत्त्वपूर्ण भूमिका खेलेका सापकोटाको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसलाई रास्वपाप्रति अविश्वास तथा निराशाको सुरुवातका रुपमा लिइएको छ। सापकोटाले केही व्यक्तिको मनोमानी चलेकाले आफू पार्टीमा बसिरहन नसकेको बताएका छन्। उनले नेपाल समयसँग कुरा गर्दै धेरै ठूलो इस्यू नभए पनि पार्टीभित्रको समस्याकै कारण परित्यागको निर्णमा पुगेको बताए।

‘समस्या नभएका कुनै दल छैनन्। सबै पार्टीप्रति सन्तुष्ट हुन्छन् भन्ने पनि छैन। केही कुरामा मेरो पनि असन्तुष्टि रह्यो। मैले पार्टीभित्र सिस्टम बसालेर सोही अनुसार काम गरौं भनेको हो। त्यो हुन नसकेपछि पार्टी परित्यागको निर्णयमा पुगेको हुँ,’ उनले भने। यसका साथै आफू काठमाडौं बसेर राजनीति गर्ने भएकाले पनि जिल्ला धाइरहन नसक्ने अवस्थाका कारण पार्टी परित्याग गरेको उनको प्रष्टोक्ति छ।

नेपालको अहिलेको राजनीतिक अवस्थामा खासै नयाँपन नरहेको सापकोटाको बुझाइ छ। नेपाली राजनीतिमा पुरानो पुस्ताको वर्चश्वका कारण नयाँ सोच नै आउन नसकेको उनले बताए। नेपाली राजनीतिक शैली पुरानै ढर्राको रहेको उनी बताउँछन्। ‘राजनीतिमा नवीनता ल्याउन युवालाई राजनीतिमा आउनुपर्छ भनेर हामीले अभियान चलाइरहेका थियौं। रवि लामिछाने त्यो क्षणमा विश्वासिलो पात्रका रुपमा उदाउनु भएको थियो। राजनीति सुरु गर्नुभयो। सांसद हुनुभयो। त्यो एतिहासिक क्षण थियो। अहिले उहाँले केही कमजोरीका कारण पछि हट्नुपर्ने अवस्था सिर्जना भयो,’ उनले भने। रविमा कानुनको पूर्ण ज्ञान नहुनु वा यस्तो हुँदैन होला भनेर सोच्दा अहिलेको परिणाम निम्तिएको उनको बुझाइ छ।

राजनीतिमा रविहरू प्रतिनिधिपात्र भएकाले देशलाई अझै खाँचो रहेको उनले बताए। युवाहरूको ऊर्जा र नवीन सोचको मुलुकलाई खाँचो छ भनेर आफूहरू राजनीतिमा होमिए पनि स्वतन्त्र रुपमा उठाउन सकिने आवाज राजनीतिक दलमा आवद्ध भएर उठाउन नसिकने अवस्था आएपछि पार्टीबाट अलगिने निर्णय गरेको उनले बताए। उनले आगामी दिनमा स्वतन्त्र अभियानलाई नै अगाडि बढाउने प्रस्ट पारे।

उनले पार्टीको एजेन्डामा काम गर्दा हात बाँधिन नहुने प्रतिक्रिया दिए। ‘कोटेश्वरमा मापदण्ड विपरितको एउटा घर थियो। त्यसलाई भत्काउन जाँदा माथिबाट नेताहरूको फोन आउँथ्यो। बालेन आइसकेपछि त्यो भत्कियो। त्यसैले काम गर्ने मान्छे स्वतन्त्र भएर काम गर्नुपर्छ। त्यसपछि मात्र विकास हुन्छ,’ उनले भने।

राजनीतिबिनै स्वतन्त्र अभियानले मात्र मुलुकको विकास होला भन्ने नेपाल समयको प्रश्नमा सापकोटा भन्छन्, ‘जनताले प्रत्यक्ष प्रधानमन्त्री र राष्ट्रपति चुने भने समस्याको समाधान हुन्छ। अहिले त फलानो पार्टीले छोडे सरकार ढल्छ भन्ने छ। यस्तो मानसिकतामा बसेर एउटा प्रधानमन्त्रीले कहिले काम गर्ने? त्यसैले राजनीतिलाई प्रजातान्त्रिक व्यवस्था अनुसार अगाडि बढाउने हो भने जनताले चुनेको प्रधानमन्त्री वा राष्ट्रपति हुनुपर्छ। त्यसो भए पाँच वर्ष काम गर्न पाउँछ किनकि ऊसँग प्रत्यक्ष जनताको मत हुन्छ।’ उनले अहिले प्रचण्डसँग जनताको म्यान्डेट हो कि? केपी ओलीको म्यान्डेट हो कि? रवि वा राजेन्द्र लिङ्देनको म्यान्डेट हो? भन्दै प्रश्न गरे। अहिलेका प्रधानमन्त्री पुष्पकमला दाहाल प्रचण्डसँग जनताको म्यान्डेट नै नभए जस्तो देखिने उनको धारणा छ।

देश विकासका लागि जनताले चुनिसकेपछि सरकारको नेतृत्व गर्नेले पाँच वर्ष काम गर्न पाउने अवस्थाको सिर्जना हुनुपर्छ भन्ने नै आफूहरूको माग रहेको उनले बताए। यही कारण राजनीतिमा गएपछि बाध्यात्मक अवस्थामा रवि लामिछानेको बोली फेरिए जस्तो देखिए छ। तर, वास्तविकता त्यो नभएको उनको भनाइ छ।

फरक धारको राजनीति खोजिरहेका जनताले छोटो समयमा रविलाई पत्याउँदै रास्वपालाई मतदान गरे पनि पछिल्लो समय मन्त्रीकै लागि भइरहेको गलफत्तीले विस्तारै पार्टीभित्र र जनतामा निराशामा पैदा भइरहेको छ। प्रचण्डले रविलाई पुनः गृहमन्त्री बनाउन नचाहिरहेको चार्चाबीच यो समाचार तयार पार्दै गर्दा रविको चेतावनीपूर्ण फेसबुक स्टटस आएको छ। सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्, 'अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी  केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नुहोला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।' उनको मौनताको बाँध कसरी फुट्छ, त्यो भने हेर्न बाँकी नै छ।

प्रकाशित: Feb 02, 2023| 14:29 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...