मंगलबार, वैशाख १५, २०८३

मोटरसाइकलको ठक्करबाट कञ्चनपुरमा एक जनाको ज्यान गयो

जिल्लाको पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म.२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महात्मा चौधरीको मृत्यु भएको हो।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

National life
kumari

कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म.२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महात्मा चौधरीको मृत्यु भएको हो।

बेलौरी नगरपालिका–५ का ५० वर्षीय चौधरीलाई सोमबार मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीलाई पुनर्वास पोलिक्लिनिक अस्पतालमा पुर्‍याइएको थियो।

तर त्यहाँ उपचार संभव नभएपछि मायामेट्रो अस्पताल धनगढीमा भर्ना गरिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीको आज (बुधबार) दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Feb 01, 2023| 21:14 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।