बिहीबार, वैशाख २७, २०८१

झारखण्डको आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु

समाचार एजेन्सी एएनआईका अनुसार धनवाद जिल्लाको शक्ति मन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लागेको हो।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

भारतको झारखण्डस्थित धनबाद भन्ने स्थानमा पर्ने अपार्टमेन्टमा आगो लाग्दा १४ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार धनवाद जिल्लाको शक्ति मन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लागेको हो।

triton college

भारतीय टेलिभिजन च्यानल आजतकले भने ११ महिला, ३ बच्चा र १ जना पुरुष गरी १५ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा एकै परिवारका पाँच जना सदस्य रहेको समाचारमा उल्लेख छ।

आगलागीको समयमा उक्त भवनमा कति मानिस थिए भन्ने खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुलाई भवनमा फसेकाहरुको उद्धार गर्दै आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो।

आगलागीको कारण खुलेको छैन। केही भारतीय मिडियाले ग्यास सिलिण्डर विष्फोटका कारण आगलागी भएको उल्लेख गरेका छन्।

प्रकाशित: Feb 01, 2023| 07:21 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।