बुधबार, भदौ ११, २०८२

शुभम पावरको आईपीओ खुल्यो

यो सेयर खरिदका लागि माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ।
 |  बुधबार, माघ १८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

vianetvianet

शुभम पावर लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको हो।

Kumaribank

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका चार लाख ८१ हजार ८८२ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो। सर्वसाधारणका लागि बिक्री गरिने सेयरमा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा वितरण नभएको एक लाख ८० हजार ५८० कित्ता सेयरसमेत थप भएको छ।

कूल कित्ता सेयरमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ। ११ हजार ६१० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ।

यो सेयर खरिदका लागि माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रकाशित: Feb 01, 2023| 08:30 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्