शनिबार, वैशाख १९, २०८३

राप्ती नगरपालिकाले विपन्न परिवारलाई घर बनाउँदै

नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

चितवन- विपन्न परिवारका समुदायलाई लक्षित गर्दै राप्ती नगरपालिकाले पाँच सय घर बनाइदिने भएको छ। नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो।

National life

नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार हरेक वर्ष एक सय घर बनाउने योजनासहित काम भइरहेको छ। उनले भने, ‘पहिलो वर्षका लागि यस कार्यक्रममा एक करोड विनियोजन भएको छ। हिउँदे अधिवेशनमा यसको बजेट बढाएका छौँ।’

यस वर्षमा निर्माण गरिने भनिएका घरहरूमध्ये मङ्सिर मसान्तसम्म ३२ वटा घरको निर्माण सम्पन्न भई रकम भुक्तानीसमेत भइसकेको उनले जानकारी दिए। अहिले आठवटा घर निर्माणको क्रममा छन्। घर निर्माणका लागि नगरपालिकाले प्रतिघर रू दुई लाख विनियोजन गरेको छ। निर्माणका लागि दुई लाख १५ हजारदेखि रू दुई लाख २५ हजारसम्म लाग्ने अनुमान गरिएको छ। अन्य रकम घरधनीले श्रमदान गर्नुपर्ने उनले बताए। 

जग्गा भएर पनि घर निर्माण गर्न नसकेका विपन्न परिवारका लागि नगरपालिकाले वडाको सिफारिस र स्थलगत अनुगमनपछि घर निर्माणको काम अगाडि बढाउने गरेको छ। घर दुईकोठे जस्ताको छानो भएको हुने उनले जानकारी दिए। नगरपालिकाभित्र रहेका १३ वटा वडामध्ये वडा नं १०, ११, १२ र १३ मा यस्ता परिवार धेरै रहेका छन्। 

उनले भने, ‘जग्गा भएर पनि घर बनाउन नसकेकाहरूका लागि स्थानीय सरकार छ भन्ने आभास दिलाउनका लागि हामीले काम सुरु गरेका छौँ।’ पालिकामा चेपाङ, तामाङ समुदायको बसोबास बाक्लो छ। राज्यको दायित्वभित्र गाँस, बास र कपास पर्ने भन्दै उनले सुरुआती चरणमा बासको व्यवस्थापन गर्न लागिएको बताए।

प्रकाशित: Jan 31, 2023| 20:30 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।