बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्प्राइटको नयाँ क्याम्पेन 'पिरोको झट्का स्प्राइटले मेटा'

स्प्राइटको नयाँ क्याम्पेन 'पिरोको झट्का स्प्राइटले मेटा'

पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराहरुको स्वाद अझै लिनको लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिनको लागि यो नयाँ क्याम्पेन सुरूआत गरेको हो।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं- स्प्राइटले पिरोको झट्का स्प्राइटले मेटा नामक नयाँ क्याम्पेन सुरूआत गरेको छ। पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराहरुको स्वाद अझै लिनको लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिनको लागि यो नयाँ क्याम्पेन सुरूआत गरेको हो। 

यो क्याम्पेनको एउटा भागको रुपमा नयाँ टेलिभिजन कमर्सियल पनि बनाइएको छ।  जसमा जसिता गुरुङ, नाजिर हुसेन र कबिता नेपालीले अभिनय गरेका छन्। जनकपुरमा छायांकन गरिएको यो टिभिसीमा त्यहाँको स्थानीय संस्कृति र खानेकुराहलाई देखाइएको छ। 

यो पहिलो क्याम्पेन हो जसमा स्प्राइटले नेपालमा खानासँग आफ्नो सम्बन्धलाई देखाउने प्रयास गरेको छ। यो स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमा पनि रमाइला जिफहरु र स्पाइसी फुड मोमेन्टका भिडियोहरुको साथ पिरोको झट्का स्प्राइटले मेटा क्याम्पेन सञ्चालन गरिएको छ। 

नेपाली युवाहरु पिरो चाउचाउ, पिरो चट्पटे जस्ता पिरो खानेकुरा अत्यन्तै रुचाउँछन्। यो नयाँ क्याम्पेनले त्यस्तो पिरो खानेकुराहरुको लागि स्प्राइट नै सबैभन्दा राम्रो साथी भएको सन्देश दिएको कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले बताए। 


प्रकाशित: Jan 31, 2023| 18:40 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्