बिहीबार, वैशाख २७, २०८१

अदानी समूहलाई अबुधाबीबाट आयो राहतको खबर

अदानी समूहले आइतबार साँझ अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिन्डनबर्ग रिपोर्टबारे ४१३ पेज लामो जवाफ दिएको थियो। जवाफमा उसले उक्त रिपोर्टलाई भारतविरुद्धको हमला भनेको छ।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं- हिन्डनबर्ग रिपोर्ट सार्वजनिक भएयता भारतको अदानी समूहले ५‍.६ लाख करोड रुपैयाँ गुमाइसकेको छ।

triton college

टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टअनुसार पछिल्ला ३ कारोबार दिन (२५, २७ र ३० जनवरी) मा भएको ट्रेडिङमा अदानी समूहको बजार पुँजीकरणमा २९ प्रतिशतले कमी आएको छ। यसको मूल्य करिब ५.६ लाख करोड भारु रहेको बताइएको छ।

अदानी समूहले आइतबार साँझ अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिन्डनबर्ग रिपोर्टबारे ४१३ पेज लामो जवाफ दिएको थियो। जवाफमा उसले उक्त रिपोर्टलाई भारतविरुद्धको हमला भनेको छ। त्यसको भोलिपल्ट सोमबार पनि अदानी समूहसँग जोडिएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको थियो। सोमबार अदानी समूहको बजार पुँजीकरणमा १.४ लाख करोडको गिरावट आएको थियो।

कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि अदानी समूहका संस्थापक गौतम अदानीको कुल सम्पत्तिमा पनि गिरावट आएको छ। यसकै कारण उनी विश्वका पाँच धनी व्यक्तिको सूचीबाट बाहिरिए। फोर्ब्सको रियलटाइम अर्बपति सूचीअनुसार अदानी अहिले ८८.२ अर्ब डलर सम्पत्तिका साथ विश्वका आठौं धनी व्यक्ति हुन्। यद्यपि उनी अहिले पनि एसियाको भने सबैभन्दा धनाढ्य व्यक्ति नै हुन्।

यहीबीच अदानी समूहका लागि अबुधाबीबाट राहतको खबर आएको छ। अबुधाबीको शाही परिवारसँग जोडिएको इन्टरनेशनल होल्डिङ कम्पनीले अदानी समूहको एफपीओमा ३ हजार २६० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। 

corrent noodles
Metro Mart

द  टेलिग्राफका अनुसार अदानी समूहले पब्लिक अफरमार्फत ४.५५ करोड कित्ता सेयर बजारमा उतार्‍यो। त्यसमध्येको १६ प्रतिशत अबुधाबीको कम्पनीले खरिद गर्ने घोषणा गरेको हो। अदानी समूहको यो एफपीओ खरिद गर्ने समय ३१ जनवरी आजसम्म तोकिएको छ। आज अदानी समूहको एफपीओमा दुबई र भारतका केही कम्पनीले ९ हजार करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेका छन्।  

केही दिनअघि अमेरिकाको हिन्डन्बर्ग रिसर्चले अदानी ग्रुपबारे एउटा रिपोर्ट सार्वजनिक गरेको थियो। उक्त रिपोर्टमा अदानी ग्रुपको सम्पत्ति बढाइचढाइ गरिएको, सम्बन्धित देशका कानुनहरूको पालना नगरिएको लगायत कुराहरू उल्लेख थिए।


प्रकाशित: Jan 31, 2023| 12:06 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।