शनिबार, वैशाख १९, २०८३

बालविवाह गरेर भारततर्फ भाग्दै गरेका चार जना पक्राउ

बालविवाह गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा सप्तरीको सीमा क्षेत्रबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

जनकपुरधाम- बालविवाह गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा सप्तरीको सीमा क्षेत्रबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

National life

बालविवाह गरेर भारतको काश्मिर जाँदै गरेका चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीको भनाइ छ।

पक्राउ पर्नेमा भारतको जम्बु-काश्मिर घर भएका ४० वर्षीय मो. रफिक खार, २७ वर्षीया नुर जहान, ४१ वर्षीय गुलाब जिलानी र सप्तरीको महदेवा गाउँपालिकाकी १७ वर्षीय युवती रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

गत शुक्रबार सप्तरीको राजगढ गाउँपालिका २ स्थित जम्बु काश्मिरका मो. रफिक खार र नुर जहानले सोही स्थानका गुलाब जिलानीलाई नेपालमा विवाह गराइदिन्छु भनी नेपाल ल्याई महादेवा गाउँपालिका १ बस्ने १७ वर्षीया युवतीसँग विवाह गराएका थिए।

विवाह गराएर भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनिया सप्तरीबाट खटेको टोलीले नियन्त्रणमा लिएको हो।

प्रकाशित: Jan 31, 2023| 09:58 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।