मंगलबार, चैत १४, २०७९
  • गृहपृष्ठ
  • प्रदेश
  • गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल मोरङ (हिसान)द्वारा आयोजित खेलकुद सप्ताह–२०७९ को समापन गर्दै उनले शिक्षा क्षेत्रमा सरकारले गर्नुपर्ने लगानी निजी क्षेत्रले विद्यालयहरू सञ्चालनका लागि गरेको उल्लेख गरे।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

मोरङ- प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुणस्तरीय शिक्षा प्रदानमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

National life insurance

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल मोरङ (हिसान)द्वारा आयोजित खेलकुद सप्ताह–२०७९ को समापन गर्दै उनले शिक्षा क्षेत्रमा सरकारले गर्नुपर्ने लगानी निजी क्षेत्रले विद्यालयहरू सञ्चालनका लागि गरेको उल्लेख गरे। 

सङ्घीयतालाई स्थापित गर्ने दायित्व हामी सबै काँधमा आएको बताउँदै उहाँले प्रदेश संरचनाको सम्बन्धमा उठेका विभिन्न क्षेत्र एवं व्यक्ति गर्ने आलोचनालाई चिर्न सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए। मुख्यमन्त्री कार्कीले सरकारले प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेको छ भन्दै यसका लागि आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरे।

यही माघ १० देखि १६ गतेसम्म स्थानीय शहीद रङ्गशालामा सञ्चालित खेलकुद सप्ताहमा जिल्लाका २८ वटा विद्यालयका एक हजार सात सय विद्यार्थीहरूले फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, टेबलटेनिस सिङ्गल र डबल, लामो र छोटो दूरीको दौडलगायत प्रतियोगितामा भाग लिएका थिए। सो अवसरमा मुख्यमन्त्री कार्कीले विभिन्न विद्यालयमा अध्ययनरत उत्कृष्ट छात्र, छात्रा र प्राचार्यलाई सम्मान गरेका थिए।

प्रकाशित: Jan 30, 2023| 08:34. 42 सोमबार, माघ १६, २०७९

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।