आइतबार, चैत १९, २०७९

'छक्कापञ्जा ४' को गीत 'दर्शन सलाम' सार्वजनिक

फिल्मका महत्वपूर्ण दृश्यांश समेटिएको गीतमा गाउँको चुनावको सन्दर्भ र परिवेश समेटिएको छ, जसले गर्दा गीतलाई फिल्मको टिजर पनि मान्न सकिन्छ।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं- यस वर्ष प्रतीक्षित फिल्म मानिएको ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ। फिल्मका महत्वपूर्ण दृश्यांश समेटिएको गीतमा गाउँको चुनावको सन्दर्भ र परिवेश समेटिएको छ, जसले गर्दा गीतलाई फिल्मको टिजर पनि मान्न सकिन्छ।

National life insurance

फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वको खुलासा पनि यो भिडियोमार्फत भएको छ। दृश्यअनुसार दीपकराजलाई गाउँले नेताको भूमिकामा देख्न सकिन्छ। ‘यो गाउँमा मैले सोचे जति भोट आयो कि आएन, पहिले यहाँ गन्ने अनि लाने’ डायलगसँगै दीपकको चरित्रलाई स्थापित गरिएको छ। जसले फिल्मको कथावस्तु पनि सामाजिक-राजनीतिको वरपर फन्को मारेको महसुस गर्न सकिन्छ।

गीत ‘दर्शन सलाम’को कोरियोग्राफी गरिएको छ जहाँ दीपक, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार फिचर्ड छन्। दीपक र दीपाले अनस्क्रिन जोडीको रुपमा गीतमा नृत्य गरेका छन्। स्वस्तिमा र राजलाई जोडीको रुपमा देख्न सकिन्छ। कोरस डान्सरसँगै कलाकारले छमछमी कम्मर मर्काएका छन्, जसले गर्दा यो गीत डान्सिङ ट्रयाक पनि बन्न सक्छ।

डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत निर्देशन छ। नरेन्द्र मैनालीको छायांकन र कविराज गहतराजको डान्स कोरियोग्राफीले गीतलाई आकर्षक भिजुअल ट्रिट प्रदान गरेको देख्न सकिन्छ। हेमराज बीसी निर्देशित फिल्मको केन्द्रमा यसपटक राजनीति र समाज बुनिएको छ भने छक्कापञ्जा सिरिजको कथा भन्ने शैली कमेडी नै हो। आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो।


worldlink

प्रकाशित: Jan 30, 2023| 06:24. 40 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।