सोमबार, जेठ ४, २०८३

योजना आयोगमा तीन सदस्य नियुक्त

योजना आयोगको उपाध्यक्षमा भने मीनबहादुर श्रेष्ठलाई नियुक्त भइसकेका छन्।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

National life

काठमाडौं- मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले नियुक्तिको निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुसेन्द्र महतलाई नियुक्त गर्ने निर्णय गरिएको छ। ज्ञवाली पुनर्निर्माण प्राधिकरणका पूर्व सीईओ हुन् भने शाक्य इजरायलका लागि पूर्व राजदूत। उनीहरू एमालेको कोटाबाट राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका हुन्। महत भने यसअघि कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहका सदस्य थिए।

योजना आयोगको उपाध्यक्षमा भने मीनबहादुर श्रेष्ठलाई नियुक्त भइसकेका छन्।

प्रकाशित: Jan 30, 2023| 17:58 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्