सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उदयपुरका किसानको पीडा- अदुवा उत्पादन बढ्यो तर मूल्य पाइएन

उदयपुरका किसानको पीडा- अदुवा उत्पादन बढ्यो तर मूल्य पाइएन

जिल्लाको कटारी नगरपालिका–१० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर श्रेष्ठ आफूहरूले उत्पादन गरेको अदुवाले उचित मूल्य पाउन नसकेकामा गुनासो गर्छन्।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

उदयपुर- उदयपुर जिल्लाको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रमा बर्सेनि अदुवाखेती बढ्दै गए पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन्। 

National life

जिल्लाको कटारी नगरपालिका–१० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर श्रेष्ठ आफूहरूले उत्पादन गरेको अदुवाले उचित मूल्य पाउन नसकेकामा गुनासो गर्छन्।

‘यस क्षेत्रका अन्य अदुवा उत्पादक किसानले लामो समयदेखि व्यावसायिक अदुवाखेती गर्दै आएका छौं तर अहिलेसम्म पनि अदुवाले उचित मूल्य पाउन सकिएको छैन,’ उनले भने।

कटारी–९ बेतिनीका कृषक खेमबहादुर राउतका अनुसार अहिले पनि आफूहरूले उत्पादन गरेको अदुवाको मूल्य खरिदकर्ता वा विचौलियाले प्रतिकिलो ५०–६० भन्दा बढी मूल्य निर्धारण नगरेका कारण किसान बर्सेनि मारमा पर्दै आएका छन्।

जिल्लाको ताप्ली गाउँपालिका–५ रुपाटारका कृषक देवराज खड्काका अनुसार अधिकांश अदुवा खरिदकर्ता तथा विचौलियाले कृषकको अदुवाको मूल्य निर्धारण गर्ने गरेका कारण उचित मूल्य पाउन नसकिएको हो। 

मंसिर तथा पुसमै अदुवा खरिदकर्ता विचौलिया गाउँगाउँ प्रवेश गरेर अदुवाको मूल्य प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्ममै खरिद गर्न थालेपछि किसानहरूले उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन्। 

त्रियुगा नगरपालिका–१४ साउनेका अदुवा उत्पादक कृषक शेरबहादुर समाल मगरले भने, ‘जिल्लाका अदुवा खरिदकर्ताले नै शुरूमा अदुवाको मूल्य निर्धारण गरिदिन्छन्, त्यसपछि थप मूल्यमा बिक्री गर्न गाह्रो हुन्छ।’

उनका अनुसार यसरी सस्तो मूल्यमा आफूहरूले खरिद गरी महंगो मूल्यमा बाहिरका व्यापारीलाई उनीहरूले बिक्री गर्दै आएका छन्।

प्रकाशित: Jan 30, 2023| 20:00 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्