सोमबार, जेठ ४, २०८३

सनराइज बैंकको तीन शाखारहित बैंकिङ सेवा थप

सनराइज बैंक लिमिटेडले ३ शाखारहित बैंकिङ सेवा थप गरेको छ।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं- सनराइज बैंक लिमिटेडले ३ शाखारहित बैंकिङ सेवा थप गरेको छ।

National life

बैंकले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका ३ लौन्डिहवा, कैलाली जिल्लाको लम्की–चुहा नगरपालिका ६, गुलरा र कावासोती नगरपालिका १, हिमाल चोक, नवलपरासी मा शाखारहित बैंकिङ सेवा थप गरेको बैंकले जनाएको छ।

शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवा लिन सकिने बैंकले जनाएको छ।

बैंकले हालसम्म १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित: Jan 30, 2023| 18:30 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्