सोमबार, जेठ ४, २०८३

सेयर परिसूचक राताम्य

कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो दिन ३ अर्ब १ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३० करोडको कारोबार भयो।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं- सेयर बजारमा सोमबार उच्च गिरावट आएको छ। कारोबार खुलेदेखि घटेको परिसूचक कारोबारको अन्तिम समयसम्म नै जारी रह्यो। आज नेप्से ४१.१ अंकले घटेर नेप्से २१ सय २७ अंकमा कायम भएको छ। 

National life

कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो दिन ३ अर्ब १ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३० करोडको कारोबार भयो।

आज सबै उपसमूह ओरालो लागेका छन्। बैंकिङ १६, विकास बैंक ९५, फाइनान्स ६२, होटल १२१, जलविद्युत् ७८, जीवन बिमा १२१, उत्पादन ७२, माइक्रोफाइनान्स ८५, निर्जीवन बिमा २७०, अन्य ३३ र व्यापार उपसमूह ४३ अंक घटे।

९ वटा कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो। दुई कम्पनीको मूल्य भने १० प्रतिशत बढ्यो। लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ। बाराही हाइड्रोको ६.५, सूर्यज्योति लाइफ र पिपुल्स पावरको ५ प्रतिशत बढेको छ।

युनाइटेड इदी मर्दीको सेयर मूल्य ७ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा सूर्यज्योति लाइफ, रिडी पावर, पिपुल्स पावर, माथिल्लो तामाकोसी र अपी पावर क्रमशः अगाडि रहे।


प्रकाशित: Jan 30, 2023| 15:20 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्