शनिबार, चैत ११, २०७९

कृषि विकास बैंकमा सीईओ बन्न २२ जनाले दिए आवेदन

तोकिएको समय १५ माघसम्म २२ जनाले सीईओ बन्न आवेदन दिएका हुन्।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं– सरकारी स्वामित्वको कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न २२ जनाको आवेदन परेको छ। बैंकका अनुसार तोकिएको समय १५ माघसम्म २२ जनाले सीईओ बन्न आवेदन दिएका हुन्।

National life insurance

सिभिल बैंकको सीईओ छोडेर म्यानमारको बैंकमा सीईओ बन्न गएका बैंकर गोविन्द गुरुङले पनि आवेदन दिएका छन्। बैंककै पूर्वकर्मचारी सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले पनि आवेदन दिएका छन्। बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी र डेपुटी जनरल म्यानेजर यज्ञप्रकाश न्यौपाने, राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी सीईओ कविराज अधिकारीले पनि आवेदन दिएका छन्।

भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी, बद्री गुरागाईं, रामराज उपाध्याय, नरेशकुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहरा, तिलराज पाण्डेय, भवानीशंकर चापागाईं, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीले पनि आवेदन दिएका छन्।  बैंकले २५ पुसमा सीईओका लागि २१ दिनभित्र आवेदन दिन सूचना प्रकाशित गरेको थियो।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्यानुभवसम्बन्धी विनियमावली, २०७४, राष्ट्र बैंकको एकीकृत निर्देशन र कृषि विकास बैंकको सीईओ पदपूर्तिसम्बन्धी कार्यविधि, २०७९ का आधारमा आवेदन माग गरेको थियो। बैंकको सीईओको मासिक तलब ३ लाख हुनेछ।

प्रकाशित: Jan 30, 2023| 02:24. 20 सोमबार, माघ १६, २०७९

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।