सोमबार, भदौ ९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ब्याजदर घटाउन माग गर्दै माइतीघरमा उद्योगी-व्यवसायीको प्रदर्शन

ब्याजदर घटाउन माग गर्दै माइतीघरमा उद्योगी-व्यवसायीको प्रदर्शन

बैंकको ब्याजदर एकल अंकमा ल्याउन माग गर्दै उपत्यकाका सबै व्यापार संघ र महासंघ विरोधमा उत्रिएका हुन्।
 |  सोमबार, माघ १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं– बैंक तथा वित्तीय संस्थाबाट महँगो ब्याज असुलिएको दाबी गर्दै उपत्यकाका उद्योगी, व्यवसायीले विरोध प्रदर्शन गरेका छन्। सोमबार सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै माइतीघर मण्डलामा भेला भएर उद्योगी, व्यवसायीले विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूले बैंकिङ आतंक बन्द गर, ब्याजदर घटाऊ, गरिखान देऊलगायत नारासहितका पम्प्लेट प्रदर्शन गरेका थिए। बैंकको ब्याजदर एकल अंकमा ल्याउन माग गर्दै उपत्यकाका सबै व्यापार संघ र महासंघ विरोधमा उत्रिएको बताइएको छ। विरोध कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरका व्यापारी तथा व्यवसायीको सहभागिता रहेको छ।

प्रकाशित: Jan 30, 2023| 13:57 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्