मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तेह्रथुममा १४ वर्षीया बालिका र ललितपुरमा १८ वर्षीया किशोरी बलात्कृत

तेह्रथुममा १४ वर्षीया बालिका र ललितपुरमा १८ वर्षीया किशोरी बलात्कृत

तेह्रथुम र ललितपुर जिल्लामा दुई जना किशोर बलात्कृत भएका छन्। तेह्रथुममा १४ वर्षीया किशोरी र ललितपुरमा १५ वर्षीया किशोरलाई जबरजस्ती करणी गरिएको प्रहरीको भनाई छ।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

National life
kumari

काठमाडौं- तेह्रथुम र ललितपुर जिल्लामा दुई जना किशोर बलात्कृत भएका छन्। तेह्रथुममा १४ वर्षीया किशोरी र ललितपुरमा १५ वर्षीया किशोरलाई जबरजस्ती करणी गरिएको प्रहरीको भनाई छ।

तेह्रथुममा जबरजस्ती करणी गरेको अभियोगमा आठराई गाउँपालिका-६ फुङसिङ बस्ने ६७ वर्षीय सूर्य कन्दङवालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। कन्दङवाले ती बालिकालाई केही महिना अगाडिदेखि ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

त्यस्तै ललितपुरमा गोरखा तारुघाट गाउँपालिका-८ घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jan 30, 2023| 12:52 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।