शनिबार, वैशाख १९, २०८३

पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

पाल्पामा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। एक जनाको भुतखोलामा डुबेर र एक जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

पाल्पा- पाल्पामा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। एक जनाको भुतखोलामा डुबेर र एक जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो।

National life

तिनाउ गाउँपालिका-३ भुतखोलामा, नवलपरासी पश्चिम पालिनन्दन गाउँपालिका -२ का २४ वर्षीय अजिम पठानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए।

भूतखोलामा ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा २४ वर्षीय पठान अचानक चिप्लिएर पोखरीमा डुबेका थिए। पठानलाई तत्काल उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा  पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। भुतखोलामा झरना हेर्ने तथा पौडी खेल्ने क्रममा पटक पटक मृत्युका घटना हुने गरेका छन्। 

पाल्पा रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। रामपुर नगरपालिका-२ पुल्चोकका २१ वर्षीय प्रदीप नेपालीको मृत्यु भएको छ। रामपुर बेझाड बजारबाट कान्जीहाउसतर्फ जाँदै गरेको लु १८ प ४९७० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थापाले बताए।  दुर्घटनामा घाइते भएपछि रामपुर अस्पतालमा उपचारको क्रममा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jan 30, 2023| 12:21 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।